बिराटनगरमा ‘ द फेस्टिभल फेसन रन्वे शो ‘हुदैँ

बिराटनगरमा ‘ द फेस्टिभल फेसन रन्वे शो ‘हुदैँ

विराटनगर।

प्रदेश १ को राजधानि बिराटनगरमा ' द फेस्टिभल फेसन रन्वे शो ' हुने भएको छ। उक्त सोको पहिलो अडिशन असोज २३ गते बिराटनगरमा हुनेछ भने कार्यक्रम कर्तिक १३ गतेदेखि शुरु हुने जनाइएको छ ।

आवर प्रोडक्सन कम्पनि र अलिमिन फेशनको संयुक्त आयोजनामा ' द फेस्टिभल फेसन शो' को आयोजना हुने भएको हो। स्वदेशमै उत्पादन भएका बिभिन्न स्वदेशी उत्पादन तथा स्वदेशी कपडाको बजार बिस्तार साथै सम्बर्धनका लागि यस कार्यक्रमको आयोजना हुन गैरहेको आयोजकले बताएको छ। कार्यक्रमले उत्पादनलाई स्वदेशी उपभोक्ता माझ पुराएर उपभोक्तालाई स्वदेशी ब्राण्ड कन्सियस बनाउनेमा आयोजक बिस्वस्त रहेको छ। कार्यक्रमले गर्दा बिराटनगर राजधानी सौन्दर्यताको समेत राजधानी बन्न सक्ने भन्ने कुराको समेत प्रचार देशभर हुनेमा आयोजक ढुक्क रहेको छ।

कार्यक्रममा मिस नेपाल देखि देशका चर्चित मोडेलहरुको साथमा स्थानिय मोडेलहरुको समेत सहभागिता रहने आयोजकले जनाएको छ।
स्थानिय मोडेलहरुको लागि राष्ट्रिय स्तरका कोरियोग्राफरहरुबाट तालिमको ब्यबस्था भएपनी तालिमको कुनै पनि शुल्क नलाग्ने समेत आयोजकले बताएको छ ।

कार्यक्रमलाई थप आकर्षक बनाउन राष्ट्रिय कलाकारहरुको साङ्गितिक प्रस्तुतिका साथमा स्थानीय डान्स कलाकारहरुको प्रस्तुती रहने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्