निर्माणधिन घरबाट लडेर झापामा एक जनाको मृत्यु

<span class='c1'>निर्माणधिन घरबाट लडेर झापामा</span> <span class='c2'>एक जनाको मृत्यु</span>

विराटनगर ।

झापा कनकाई नगरपालिका ४ त्रिवेणी टोल स्थित दुर्गा नेपालको २ तले निर्माणधिन घरमा प्लम्बरको काम गर्ने मजदुरको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका ३ का ६५ बर्षीय रुद्र अधिकारी रहेका छन् ।

काम गर्ने क्रममा आज बिहान साढे ११ बजे २ तला माथिबाट खस्दा गम्भिर घाईते भएका अधिकारीको उपचारको लागी बि एण्ड सी अस्पताल बिर्तामोडमा पुर्‍याउन साथ मृत्यु भएको थियो ।

साथै घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली गई थप अनुसन्धान गरिरहेको प्रदेश १ प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्