ठेकेदारको लापरबाहीका कारण हिउँदमा धूलाम्मे र बर्खामा हिलाम्मे

<span class='c1'>ठेकेदारको लापरबाहीका कारण हिउँदमा</span> <span class='c2'>धूलाम्मे र बर्खामा हिलाम्मे</span>

बिराटनगर भदौ २९

तेह्रथुमको वसन्तपुर देखि संखुवासभा, चैनपुर सम्मको सडक निर्माण ठेकेदारको लापरबाहीका कारण हिउँदमा धूलाम्मे र बर्खामा हिलाम्मे भइदिदा हाल यातायात सेवा ठप्प बनेको छ । कोसी लोकमार्ग अन्तर्गत वसन्तपुर देखि चैनपुर सम्मको सडक कालोपत्रे गरिएपनि तीन वर्ष नबित्दै भत्किएर हिलाम्मे बनिदिदा यातायात सेवा ठप्प भएको हो । सो सडकमा तीन वर्षअघि नेपाल मै पहिलोपटक वाटरशिल गरिएको थियो र अहिले हिलाम्मे भएपछि यात्रु मात्र हैन सवारी चालक पनि हैरान भएका छन् । तेह्रथुम र संखुवासभाको सिमाना टुटे देउराली देखिको पिलुवा खोलासम्मको २० किलोमिटर सडकमा तीन मिटरसम्म गहिरो खाल्डो भएकाले सवारीसाधनहरू आवतजावत गर्न सकेका छैनन् । संखुवासभा र भोजपुरका १९ गाविसबाट आउने र जाने सयौं यात्रुको हालत बाटोमै गाडी फसेपछि अलपत्र पर्ने गरेको अवस्था छ । पूर्वाञ्चल डिभिजन सडक कार्यालय धनकुटाले सडक मर्मतका लागि वार्षिक लाखौं खर्च गर्छ । पूर्वाञ्चल सडक डिभिजन कार्यालयले गत वर्ष मर्मतको लागि ५० लाख रुपैयाँ खर्च गरेको जनाएको छ । डिभिजन प्रमुख ईश्वर रिजालले यस वर्ष वसन्तपुर देखि चैनपुरसम्म ५१ किलोमिटर सडक मर्मतका लागि तीन करोड रुपैयाँको बजेट खर्च गरेको बताए । वाटरशिल गरिएको सडकमा सोलिङ ग्राभेल गरिएपनि हिजोआज सडक उस्तै भएको छ । आज काम गर्यो भोलिपल्ट पानीले बगाइ हाल्छ, गाडीले पनि भत्काइहाल्ने समस्याले काम गरेको देखिएको छैन । डिभिजन प्रमुख रिजालले भने पुनः कालोपत्रे गर्नुको विकल्प छैन ।आफूहरूसँग मर्मतको मात्र बजेट हुने भएकाले पुनः कालोपत्रे गर्न सडक विभागलाई जानकारी गराइ सकिएको रिजालले बताए । १५ करोड रुपैयाँको बजेट भएमा कालोपत्रे गर्न सकिने भएकाले आन्तरिक स्रोतले मात्र सम्भावना नभएकाले थप पहल गर्नुपर्ने रिजालको भनाइ छ ।

०००००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्