प्रदेश १ मा ९३ जनामा कोरोना संक्रमण

<span class='c1'>प्रदेश १ मा ९३</span> <span class='c2'>जनामा कोरोना संक्रमण</span>

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९३ जनामाकोरोना संक्रमण भएको छ । ३५० जनाको पीसीआर परीक्षण गर्दा ७९ र २३४ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार पीसीआर परीक्षणका आधारमामोरङमा २८, सुनसरीमा २७, झापामा २२, धनकुटा र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण भएको हो ।

मोरङको विराटनगरमा २२, सुन्दरहरैचामा ३, जहदा, मिक्लाजुङ र बुढीगंगामा १–१, सुनसरीको धरान र इटहरीमा ९–९ , दुहवीमा ४, इनरुवामा ३, बराहक्षेत्र र स्थानीयतहनखुलेका १–१, झापाको भद्रपुरमा १२, दमकमा ४, विर्तामोड, मेचीनगर, कनकाई, गौरादह, कमलगाउँपालिका र स्थानीयतहनखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिका र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण भएको सामाजिकविकास मन्त्रालयलले जनाएको छ ।

प्रदेश १ माआज २७९ जनाकोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा१४३ महिला र १३६ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ महिलाको मृत्यु भएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्