डोरी बिक्री गर्न महिलालाई पासो लगाएर हत्या गर्ने मोरङका एक व्यक्तिसहित तीनजना पक्राउ

<span class='c1'>डोरी बिक्री गर्न महिलालाई पासो लगाएर हत्या</span> <span class='c2'>गर्ने मोरङका एक व्यक्तिसहित तीनजना पक्राउ</span>

काठमाण्डौं । मान्छे पासो लागेर मरेको डोरी महँगोमा बिक्री हुन्छ भन्ने अन्धविश्वासमा एक महिलाको ज्यान लिइएको छ । डोरी बिक्री गरेर लाखौं कमाउने लोभमा तीन जनाको समूहले महिलाको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखा, बानेश्वरले ललितपुर महानगरपालिका–१७, सुनाकोठीमा ४५ वर्षीया कमला तामाङको हत्या गरेको अभियोगमा मकवानपुर राक्सिराङ गाउँपालिका–५ प्याङचे टोलका २३ वर्षीय सविन प्रजा र १८ वर्षीया प्रविना प्रजा माझी, मोरङको पथरीशनिश्चरे–८ मंगलबारेका २० वर्षीय सुमन मगरलाई पक्राउ गरेको हो ।

महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङका अनुसार उनीहरुले डोरी बिक्री हुने अफवाहमा विश्वास गरेर तामाङको घाँटीमा डोरीले कसेर हत्या गरेको पाइएको छ । हत्यापछि मृतकको गहना र मोबाइलसमेत लुटेर फरार रहेको अवस्थामा पक्राउ गरेर अनुसन्धान थालिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्