चिनीयाँ शरणार्थी युवक १० किलो सुन सहित पक्राउ

<span class='c1'>चिनीयाँ शरणार्थी युवक १०</span> <span class='c2'>किलो सुन सहित पक्राउ</span>

झापा भदौ ३० : भारतको पश्चिमबंगालस्थित सिलगढीबाट झापाको काँकरभिट्टा नाका हुँदै नेपालमा सुन तस्करी हुने गरेको रहस्य बाहिर आएको छ । नेपाली नागरिकता समेत लिएका एक चिनीयाँ शरणार्थी युवकलाई प्रहरीले हिजो झापाको भद्रपुर विमानस्थलबाट १० किलो सुन सहित पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको छ । सुनसहित पक्राउ परेका १९ वर्षीय तेञ्जिङ सिरुप नाम बताउने चिनियाँ युवकलाई प्रहरीले आज भद्रपुरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । यी युवकले ताप्लेजुङको हाङ्देबा गाविसमा जन्मस्थान देखाई ललीतपुरबाट सोनाम गुरुङको नाममा  २०७१ बैशाख ३ गते नेपाली नागरिकता लिएको पाइएको छ । उनको साथबाट प्रहरीले एक÷एक केजीका १० टुक्रा सुन, २० हजार नेपाली रुपैयाँ र भारतीय रुपैयाँ १ हजार ४० बरमद गरेको प्रहरी उपरिक्षक ठाकुरप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । पक्राउ परेको सुनको मूल्य ४ करोड ८१ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।  पक्राउ परेका युवकले भारतको सिलगढीका राजेश भन्ने व्यक्तिले काठमाडौमा बस्ने भाईलाई सुन जिम्मा लगाउने भनि आफुलाई प्रतिकिलो भारतीय रुपैयाँ ५ हजार दिने सर्तमा तराईमा यातायात बन्द भएकाले हवाइजाहजबाट जान भनि पठाएको बयान दिएका छन् । हिजो दिउँसो २ बजेर ५ मिनेटमा बुद्ध एयरबाट काठमाडौ जान लागेका तेञ्जिङलाई भद्रपुर विमानस्थलका सुरक्षाकर्मीले नियमित चेकजाँचको क्रममा पक्राउ गरेका थिए । जुत्ता भित्र कालो प्लाष्टिकमा बेरी टेप लगाएर लगिरहेको अवस्थामा सुरक्षार्थ खटिएका प्रहरीले जुत्ता खोल्न लगाउँदा उनलाई सुन सहित पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्