थप ४५५ जनामा कोरोना पुष्टि, आठ जनाको मृत्यु

<span class='c1'>थप ४५५ जनामा कोरोना</span> <span class='c2'>पुष्टि, आठ जनाको मृत्यु</span>

पछिल्लो २४ घण्टामा तीन हजार ४१८ पीसीआर परीक्षण गर्दा ३९८ जना र दुई हजार ७९६ एन्टिजेन परीक्षण गर्दा ५७ गरी ४५५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या आठ लाख चार हजार २७६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट आठ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा मृत्यु हुनेको सङ्ख्या ११ हजार २६९ पुगेको छ । त्यसैगरी आज ८०४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७९ हजार १५४ पुगेको छ ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार ८५३ जना रहेको छ । तीमध्ये १२ हजार ७९१ होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार एक हजार ६२ संस्थागत आइसोलेसनमा रहेका छन् भने कोरोनाका बिरामीमध्ये ३१० जना आइसीयू र १०५ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै २३० जना क्वारेन्टिनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्