भेरी अस्पतालमा कोरोनाबाट थप दुईको मृत्यु

भेरी अस्पतालमा कोरोनाबाट थप दुईको मृत्यु

सिराज खान
नेपालगञ्ज, कात्तिक ३ गते । नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना भाइरस सङ्क्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।

भेरी अस्पतालमा उपचाररत कैलाली, लम्की चुहा नगरपालिका १० का ५७ वर्षे पुरुष र कोहलपुर नगरपालिका– १० बाँकेका ३६ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन तेज ओलीले दिनुभएको जानकारीअनुसार कैलाली, लम्कीचुहा नगरपालिका १० का ५७ वर्षका पुरुषको मृत्यु मङ्गलवार बेलुकी र कोहलपुर नगरपालिका– १० बाँकेका ३६ वर्षीय पुरुषको बुधबार बिहान साढे ६ बजे मृत्युभएको हो ।

दुबै जनाको अवस्था गम्भीर बन्दै गएपछि उहाँहरुलाई भेरी अस्पतालमा राखेर उपचार भैरहेको थियो ।
योसँगै कोरोना भाइरस सङ्क्रमणका कारण हालसम्म बाँकेमा ३३७ जनाको मृत्यु भएको छ । बाहिरी जिल्लाबाट उपचारका लागि आएकामध्ये ४२५ जनाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

पछिल्लो समय सङ्क्रमित संङ्ख्या कम हुँदै गएकाले स्वास्थ्य मापदण्डको पालनामा समेत लापरवाही र बेवास्ता गरिन थालिएको चिकित्सकको भनाइ छ । लापरवाही गरिए फेरि सङ्क्रमण बढ्ने खतरा कायमै रहेको चिकित्सकहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्