प्रदेश १ मा १०७ जनामा कोरोना संक्रमण पुष्टि

<span class='c1'>प्रदेश १ मा १०७</span> <span class='c2'>जनामा कोरोना संक्रमण पुष्टि</span>

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

५६२ जनाको पीसीआर परीक्षण गर्दा ८३ र १७५ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३६, मोरङमा ३१, सुनसरीमा १०, उदयपुरमा ३, इलाममा २ र संखुवासभामा १ जनामा संक्रमण देखिएको हो । झापाको विर्तामोडमा ८, दमकमा ७, बुद्धशान्ति र कनकाईमा ४–४, भद्रपुर, बाहृदशी र गौरादहमा ३–३, शिवसताक्षी, अर्जुनधारा, कमल र झापा गाउँपालिकामा १–१, मोरङको विराटनगरमा २५, उर्लाबारीमा २, बुढीगंगा, रंगेली, रतुवामाई र कटहरीमा १–१, सुनसरीको इटहरीमा ७, धरानमा २ र इनरुवामा १, उदयपुरको चौदण्डीगढी, उदयपुरगढी र बेलकामा १–१, इलामको इलाम नगरपालिका र चुलाचुली १–१ र संखुवासभाको खाँदबारीमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३२ महिला र ३४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्