खोपको दोस्रो मात्रा सुरु

<span class='c1'>खोपको दोस्रो</span> <span class='c2'>मात्रा सुरु</span>

गोरखापत्र समाचारदाता

काठमाडौँ कोभिड–१९ विरुद्धको एस्ट्राजेनेका खोपको दोस्रो मात्रा मङ्गलबारबाट लगाउन सुरु गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार बिहीबारसम्म यो खोप लगाइनेछ । परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले एस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाएका आठवटा स्थानीय तहका १८ वर्ष उमेरभन्दा माथिका ८६ हजार व्यक्तिलाई दोस्रो मात्रा लगाइने बताउनुभयो ।

यसैबीच पछिल्लो २४ घण्टामा देशभर ६६६ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ५६९ र एन्टिजेन परीक्षणबाट ९७ जनाको कोरोना सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार काठमाडौँमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा २५ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा ६२२ जना कोरोनामुक्त भएका छन् भने कोरोनाबाट ११ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्