“गजल” – शर्मिला अधिकारी

<span class='c1'>“गजल” –</span> <span class='c2'>शर्मिला अधिकारी</span>

 

अाउदा खबरै नगरी कहाँबाट अाउँछन
यि मुटु चोर्ने तस्करी कहाँबाट अाउँछन

परेलीहरु गुनासो गरिरहन्छन मन सँग
यसरी अाँशु बरबरी कहाँबाट अाउँछन

अाशैअाशमा अघाउनुपर्ने अबस्था हुँदा
चहानाहरु नानाथरी कहाँबाट अाउँछन

भत्काउदै समयको बाँध तिम्रा यादहरु
अाँधी-तुफान सरी कहाँबाट अाउँछन

हिर्काउदै लालटमा नियतिको प्रहारले
अभाबहरु घरीघरी कहाँबाट अाउँछन!!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्