प्रदेश १ मा ९४ जनामा कोरोना संक्रमण पुष्टि

<span class='c1'>प्रदेश १ मा ९४</span> <span class='c2'>जनामा कोरोना संक्रमण पुष्टि</span>

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

५५७ जनाको पीसीआर परीक्षण गर्दा ७० र १५१ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २८, झापामा २१, सुनसरीमा २० र इलाममा १ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा १९, रतुवामाई र सुन्दरहरैचामा ३–३, उर्लाबारी, कटहरी र लेटाङमा १–१, झापाको मेचीनगर, विर्तामोड र भद्रपुरमा ३–३, गौरादह, अर्जुनधारा र दमकमा २–२, बुद्धशान्ति, कनकाई, गौरीगञ्ज, शिवसताक्षी र कमल गाउँपालिकामा १–१, सुनसरीको इटहरीमा १४, धरानमा ३, इनरुवामा २, दुहवीमा १ र इलामको इलाम नगरपालिकामा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ६३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २६ महिला र ३७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र ४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्