माेदीलाई नेपाल भ्रमणकाे निम्ताे, निकट भविष्यमा भ्रमण गर्ने वचन

<span class='c1'>माेदीलाई नेपाल भ्रमणकाे निम्ताे, निकट</span> <span class='c2'>भविष्यमा भ्रमण गर्ने वचन</span>

करुण अर्याल/लक्ष्मीप्रसाद उपाध्याय
ग्लास्गो(स्कटल्याण्ड)। प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालमा भ्रमण हुने बताउनु भएको छ ।

प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच मंगलबार भएको द्धिपक्षीय भेटवार्तामा आफूले चाडै नेपाल भ्रमणका लागि निम्तो दिएको बताउनुभयो । संयुत्त अधिराज्य(बेलायत) को ग्लास्गोमा आयोजना भैरहेको संयुत्त राष्टसंघीय संरचना महासन्धी पक्ष राष्टहरुका २६ औँ सम्मेलनको वल्र्ड लिडर सम्मेलनमा भाग लिने क्रममा दुई देशका प्रधानमन्त्रीबीच भएको साइडलाइन भेटवार्तापछि पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले आफ्ना समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको जानकारी दिनुभयो ।

भेटवार्तामा नेपाल र भारतबीचको सम्बन्धलाई थप बलियो र प्रगाढ बनाउने विषयमा कुराकानी भएको थियो । भेटवार्तामा दुई देशबीचको सहयोगात्मक सम्बन्धलाई अझ बढाउने विषयमा समेत कुराकानी भएको छ ।
भेटमा प्रधानमन्त्री देउवाले नेपालमा हाल रासायनिक मलको अभाव भैरहेको सन्र्दभमा भारतीय पक्षले नेपाललाई पहिले जस्तै सहयोग गरेको स्मरण गराउँदै यस्तो सदभावले निरन्तरता पाउने आशा व्यत्त गर्नुभयो । उहाँले रासायनिक मलको आपूर्ति निरन्तर बन्नेमा आफु विश्वस्त रहेको बताउनुभयो । जवाफमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको आवश्यकता जे हो नेपाललाई पनि त्यस्तै संझेर सहयोग गर्ने वचन दिनुभयो । भेटका क्रममा प्रधानमन्त्री देउवाले नेपालले भारतलाई अनुरोध गर्दै आएको नेपालगन्ज र महेन्द्रनगरबाट हवाई मार्ग प्रवेशको स्वीकृतिका लागि आग्रह पनि गर्नुभयो । जवाफमा भारतीय प्रधानमन्त्री मोदीले नेपालको खाँचो र आवश्यकतालाई सकारात्मक रुपमा लिने बताउनुभयो ।

भेटवार्तामा सहभागी परराष्ट्र सचिव भरतराज पौड्यालका अनुसार प्रधानमन्त्री देउवाले कोभिड महामारी अझै रहन सक्ने भएकाले विगतमा जस्तै भारतको सहयोग पछिसम्म निरन्तर पाउनेमा आफु विश्वस्त रहेको बताउनुभो थियो । भारतले नेपाललाई अहिलेसम्म पूर्वाधार,पुर्ननिमार्ण लगायतका क्षेत्रमा दिएको सबैप्रकारको सहयोगप्रति धन्यवाद दिदै यसले निरन्तरता पाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो । विशेषगरी कोभिड महामारीमा भारतीय पक्षले औषधि,स्वास्थ उपकरण लगायतमा पुयाएको सहयोग महत्वपूर्ण भएको बताउँदै यस्ता सहयोगले निरन्तरता पाउने कुरामा आफू विश्वस्त रहेको प्रधानमन्त्री देउवाले बताउनुभयो ।

भेटवार्तामा नेपालको तर्फबाट वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव,परराष्ट सचिव भरतराज पौड्याल, शिष्टाचार महापाल डा.दुर्गाबहादुर क्षेत्री तथा भारतीय पक्षबाट विदेशमन्त्री जयशकंर तथा विदेश सचिव हर्षबर्धन श्रृंगला सहभागी हुनुहुन्थ्यो ।

राजापाक्षे र प्रधानमन्त्री देउवाबीच दुइपक्षीय भेटवार्ता

यसैगरी श्रीलंकाका राष्टपति गोटावाया राजापाक्षे र प्रधानमन्त्री देउवाबीच मंगलबार दुइपक्षीय भेटवार्ता भएको छ । भेटका क्रममा दुई देश बीचको शैक्षिक क्षेत्रमा आपसी सहयोग आदान प्रदान गर्ने विषयमा छलफल भयो । भेटमा श्रीलंकाका राष्ट्रपति राजपाक्षेले लुम्बिनीमा ३० शैयाको अस्पताल स्थापनाका लागि इच्छा व्यतm गर्दै नेपाल सरकारको सहयोग र सदभावको अपेक्षा राख्नु भएको परराष्ट्र सचिव पौड्यालले जानकारी दिनुभयो । जवाफमा प्रधानमन्त्री देउवाले नेपाल सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यतm गर्नु भयो । भेटमा श्रीलंका र नेपालबीच पर्यटन क्षेत्रको प्रर्वद्धनमा साझा रुपमा अगाडि बढने कुरामा समेत छलफल भएको थियो । नेपाल र श्रीलंकाबीचको विवादरहित सम्बन्धलाई निरन्तरता दिदै आगामी दिनमा उच्चस्तरको संवादलाई अगाडि बढाउने बीच पनि छिलफल भएको सचिव पौड्यालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री लेम भेट
यसैगरी मंगलबार नै प्रधानमन्त्री देउवासँग सामुन्द्रिक क्षेत्रसँग सम्बन्धित संस्था इन्टरनेशनल मेरिटाइम अर्गनाइजेशनका महासचिव किट्याक लेमले भेटवार्ता गर्नुभयो । भेटका क्रममा महासचिव लेमले सामुन्द्रिक क्षेत्रमा प्रसस्त मात्रामा काममा नयाँ अवसरहरु र त्यसमा नेपालीले पनि अवसर लिन सक्ने बताउनुभयो । उहाँले नेपालीले क्रुजमा काम पाउने सम्भावना प्रशस्त रहेको प्रधानमन्त्री देउवालाई बताउनुभयो । भेटमा महासचिव लेमले इन्टरनेशनल मेरीटानी यूनिभर्सिटी स्वीडेन तथा इन्टनेशनल मेरिटानी इन्स्टिच्यूट, माल्टामा नेपालीलाई छात्रवृतिको अवसर दिने समेत बताउनुभयो । जवाफमा प्रधानमन्त्री देउवाले नेपाली विद्यार्थीलाई छात्रवृतिका लागि पठाउन व्यवस्था मिलाउने भन्दै धन्यवाद व्यत्त गर्नुभयो ।

देउवा जोन्सन भेट
यसैगरी बेलायती प्रधानमन्त्री बोरिस जोनसनले मंगलबार बिहान आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको वन संरक्षण र जग्गाको सदुपयोगबारे छलफल गर्नुभयो । प्रधानमन्त्री जोनसलने नेपालले वन क्षेत्रमा गरेको संरक्षण र त्यसले कार्वन उत्र्सजन न्यूनस्करणमा पारेको प्रभाव बारे राखेको जिज्ञाशामा प्रधानमन्त्री देउवाले दीगो वन व्यवस्थापन र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपालले गरेका प्रयासहरु र नेपाल आगामी दिनमा कार्वन व्यापारमा थप सक्रियताका साथ जाने तयारीमा रहेको बताउनुभयो । क्षयीकरण भएको नेपालको वन क्षेत्रलाई पुर्ननिमार्ण गरी ४५ प्रतिशतसम्म पुर्याउने लक्ष्यअनुसार काम भैरहेको प्रधानमन्त्री देउवाले सो क्रममा बताउनुभयो । नेपालले हाल प्रतिटन पाँच डलरका दरले कार्बन व्यापार गर्दै आएकोमा आगामी दिनमा प्रतिटन दश डलरमा व्यापार गर्ने तयारीमा रहेको वन तथा वातावरण मन्त्रालयका सचिव डा.पेमनारायण कँडेलले बताउनुभयो ।

विश्व बैंकको थप सहयोग
यसैगरी प्रधानमन्त्री देउवासँगको भेटमा विश्व बैँकका कार्यकारी निर्देशक मेरी पेंगगेस्टुले जलवायू वित्तमा आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता व्यतm गर्नुभयो । विश्व बैँकले कोभिड महामारीको बेला नेपाललाई सक्दो सहयोग गरेको र विशेषगरी बालबालिकाको खोप ल्याउन गरेकोप्रति प्रधानमन्त्री देउवाले धन्यवाद व्यत्त गर्नुभयो । सो अवसरमा बैँकका कार्यकारी निर्देशक मेरीले नेपालमा हालै भएको प्राकृतिक विपत्तिमा सहयोग गर्ने प्रतिबद्धता व्यत्त गर्नुभएको भेटमा सहभागी अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले जानकारी दिनुभयो । उहाँका अनुसार बैंकले नेपाललाई हरित विकासमा तत्कालै थप सहयोग गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्