मोरङका सहिद परिवारलाई लत्तापकडा र खाद्यान्न सहयोग

<span class='c1'>मोरङका सहिद परिवारलाई लत्तापकडा</span> <span class='c2'>र खाद्यान्न सहयोग</span>

विराटनगर । मधेश आन्दोलनका सहित परिवारलाई जनता समाजवादी पार्टी मोरङले लत्ताकपडा र खाद्यान्न सहयोग गरेको छ ।

२०६२/०६३ को मधेश आन्दोलनमा सहिद परिवारका सदस्यहरुलाई जसपा मोरङले तिहारको पारेर लत्ताकपडा र खाद्यान्न सहयोग गरेको हो । मधेश आन्दोलनमा मोरङमा ७ जना सहिद भएका थिए । सहिद परिवारलाई जसपा मोरङले प्रत्येक वर्ष लत्ताकपडा र खाद्यान्नका साथै आर्थिक सहयोग गर्दै आएको छ । मधेश आन्दोलनका सहिदहरुको परिवार पनि आफ्नै परिवार जस्तो भएकाले उनीहरुलाई बर्षमा एकपटक सहयोग गर्दै आएको जसपा मोरङका अध्यक्ष राजकुमार यादवले बताए । उनले मधेश आन्दोलनका सहिदहरुको बलिदान स्वरुप मुलुकमा राजनितिक परिवर्तनको सुरुवात भएको जानकारी दिए । ‘हाम्रो पार्टी प्रत्येक वर्ष सहिद परिवारलाई भेटन र उनीहरुको समस्या बुझेर समाधान गर्ने प्रयास गर्दै आएको छ,’ उनले भने, ‘मधेश आन्दोलनमा ज्यान गुमाएका सहिदहरूको बलिदानलाई पार्टी खेर जान दिएको छैन । तिहारको रौनकतामा उनीहरु पनि रमाउन पाउन भन्ने हाम्रो चाहना हो ।’

मधेश आन्दोलनको क्रममा विराटनगर–१७ मटेरुवाका बेचन मिया, विराटनगर–१४ का सदानन्द यादव, राजकुमार कामत, कटहरीका निर्मल राजवंशी, जहदा–४ का तल्लु हास्दा, दिनदयाल मण्डल, रंगेली–६ का द्रोपती चौधरी, सुनवर्षी–८ का शिवु माझी र सुनबर्षी–७ का महादेव ऋषिदेव सहिद भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्