प्रदेश १ मा ६७ जनामा कोरोना संक्रमण

<span class='c1'>प्रदेश १ मा ६७</span> <span class='c2'>जनामा कोरोना संक्रमण</span>

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६७ जनामा कोरोना संक्रमण भएको छ । ४३७ जनाको पीसीआर परीक्षण गर्दा ६४ र ७२ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २७, सुनसरीमा १७, झापामा १०, इलाम र उदयपुरमा २–२, धनकुटा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा १४, सुन्दरहरैचामा ६, उर्लाबारी र रंगेलीमा २–२, बेलबारी, बुढीगंगा र केराबारीमा १–१, सुनसरीको इटहरीमा ८, धरानमा ५, रामधुनीमा २, बर्जु र बराहक्षेत्रमा १–१, झापाको दमक र मेचीनगरमा २–२, कनकाई, भद्रपुर, बुद्धशान्ति, गौरादह, विर्तामोड र झापा गाउँपालिकामा १–१, इलामको चुलाचुली र सुर्योदयमा १–१, उदयपुरको त्रियुगा र चौदण्डीगढीमा १–१, धनकुटाको धनकुटा नगरपालिका र भोजपुरको भोजपुर नगरपालिकामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २४ महिला र ३० पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्