फाल्गुनन्द जयन्तीमा राष्ट्रपतिको शुभकामना

<span class='c1'>फाल्गुनन्द जयन्तीमा</span> <span class='c2'>राष्ट्रपतिको शुभकामना</span>

राष्ट्रपति विद्यादेवी भण्डारी १३७ फाल्गुनन्द जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत धमावलम्बीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

फाल्गुनन्द जयन्तीका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपतिले सभ्य र सुसंस्कृत समाज निर्माणका अभियन्ता महागुरु फाल्गुनन्दका प्रेरणादायी उपदेश र मार्गदर्शनलाई अनुशरण गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सवल बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ ।

सन्देशमा उहाँले फाल्गुनन्द जयन्तीले हामी सबैमा सहिष्णुता, सद्भाव, अहिंसा एवं समाज सुधारको महान अभियानमा लाग्न प्रेरणा प्राप्त होस् भन्दै शुभकामना व्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्