ग्यासको मूल्य ७५ रुपैयाँ बढ्यो

<span class='c1'>ग्यासको मूल्य ७५</span> <span class='c2'>रुपैयाँ बढ्यो</span>

पेट्रोल/डिजेलमा प्रतिलिटर ३/३ रुपैयाँ वृद्धि
काठमाडौँ नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित सबै प्रकारको इन्धनको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनले कात्तिक १५ गते पठाएको नयाँ मूल्यसुचीअनुसार इन्धनको भाउ बढेको जनाउँदै यहाँ पनि मूल्य बढाएको हो ।

निगमका सहप्रवक्ता पुष्कर कार्कीका अनुसार नयाँ मूल्यअनुसार १५ दिनमा ३ अर्ब २ करोड घाटा हुने देखिएपछि कात्तिक २४ गते बसेको निगम सञ्चालक समितिले इन्धनको मूल्य बढाउने निर्णय गरेको हो ।

‘सञ्चालक समितिको निर्णयअनुसार पेट्रोल, डिजेल र मटितेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ, खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ७५ रुपैयाँ बढाउने निर्णय भएको छ,’ उनले भने, ‘नयाँ मूल्य बुधबार राति १२ बजेदेखि नै लागू हुन्छ ।’ निगमले आन्तरिक तथा बाह्य हवाई इन्धनमा साविकको बिक्री मूल्यमा प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरेको जनाएको छ । मूल्यवृद्धिपश्चात् पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ३६ रुपैयाँ, डिजेल र मटितेल ११९/११९ रुपैयाँ, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १५ सय ७५ रुपैयाँ पर्ने कार्कीले बताए ।

मूल्य समायोजनपश्चात् निगमलाई १५ दिनमा २ अर्ब ६२ करोड नोक्सान हुने प्रक्षेपण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्