चामल–चिउरा चाहिँदैन, गहुँको बीउ देऊ

<span class='c1'>चामल–चिउरा चाहिँदैन, गहुँको</span> <span class='c2'>बीउ देऊ</span>

धनगढी समाचारदाता
धनगढी । बाढी प्रभावित कैलालीका किसानले हिउँदे बालीको खेतीका लागि सरकारसँग सहयोग मागेका छनर । धानबालीमा भएको क्षतिका कारण कृषि सामग्रीको जोहो गर्न समस्या भएको भन्दै उनीहरूले सहयोग मागेका हुनर । गहुँको बीउ मात्रै सहयोग भए पनि ठूलो राहत हुने किसानको भनाइ छ ।

“हामीलाई तत्काल गहुँको बीउ र मलखादको खाँचो हो,” कैलारी गाउँपालिका–७ का कृषक रामदिन महतोले भन्नुभयो, “राहतको नाममा चिउरा, चामल चाहिँदैन । त्यसको सटरटा गहुँको बीउ मात्रै सहयोग गरिदिए हुन्छ । ”

महतोले तीन बिघा जमिनमा लगाएको धानबालीलाई कात्तिक पहिलो साताको बाढीले बगाएर लगेको थियो । उत्पादित धानबाली गुमेकाले हिउँदे बालीको खेतीका लागि आवश्यक पर्ने बीउ, बिजन, मल र डिजलको जोहो गर्न समस्या भएको उहाँको भनाइ छ । “अरू वर्ष धान बेचेरै हिउँदे बालीको खेतीका लागि बीउबिजन, मलखाद जुटाउने गरेका थियौँ,” महतोले भन्नुभयो, “यो वर्ष धानै रहेन, के खाने भन्ने नै चिन्ता छ । ”
मुलुकमा तीन तहका सरकारका छनर तर बाढी प्रभावित आफूहरूले कुनै पनि तहका सरकारबाट सहयोग पाउन नसकेको किसानको गुनासो छ । किसानको चित्कारप्रति न सरकार न त राजनीतिक दलहरू नै गम्भीर देखिएको अर्का कृषक फूलराज चौधरीले बताउनुभयो । “हाम्रो समस्या कसैले सुनिदिएको छैन,” उहाँले अगाडि थप्नुभयो, “यदि मुलुकमा सरकार छ भने हामीलाई हिउँदे बालीको खेतीपातीका लागि सहयोग गरिदेओसर । ”

बाढीका कारण समस्या भएकाले मात्रै आफूहरू अर्काको मुख ताक्ने अवस्थामा पुगेको उहाँको भनाइ छ । यो सिजन मात्रै सहयोगमा गहुँको बीउबिजन पाएपछि अर्को वर्ष किसान कृषिका लागि सामग्री जुटाउन आफैँ सक्षम हुने चौधरीले उल्लेख गर्नुभयो । “अहिले समस्या भएर मात्रै हामीले सहयोग माग्नुपर्ने अवस्था सिर्जना भएको हो,” उहाँले भन्नुभयो, “पछि सबै कुरा राम्रै भएमा आफ्ना लागि कृषि सामग्रीको जोहो हामी आफैँ गरिहाल्छौँ । ”
कृषकका अनुसार यो वर्ष तोरी छर्न अब ढिलो भइसकेको छ । तोरी छर्ने बेलामा बाढी आएपछि जमिन गिलो भएका कारण तोरी लगाउन नसकेको उनीहरूको भनाइ छ । अहिले गहुँ छर्ने बेला रहेको किसानले बताएका छनर तर कतिपयको खेतमा अझैसम्म पानी रहेको छ । जमिन नसुकेका कारण कैयौँले खेतै जोत्न सकेका छैननर ।

कुबेलाको बाढीले धानबालीसहित तरकारीमा पनि थुप्रै नोक्सान गरेको किसानको भनाइ छ । बाढीले सखाप भएपछि गाउँघरमा तरकारीको अभाव भएको छ । “बारीमा रहेको कुनै पनि तरकारी बाँकी रहेन,” कृषक रामदिनले अगाडि थप्नुभयो, “धानबालीको क्षतिको विवरण सङरकलन भयो तर तरकारीमा भएको क्षतिको भने कुनै लेखाजोखा भएन । ”

खेतमा लगाइएको आलु, लसुन, रायो, धनियाँ, काउलीजस्ता तरकारीलाई बाढीले नोक्सान गरेको किसानको भनाइ छ । बाढीले कृषिमा नोक्सानै नोक्सान गरेका कारण हिउँदे बालीको खेतीका लागि सहयोगको अपेक्षा गरेको उनीहरूले बताएका छनर ।
यसैबीच कैलारी गाउँपालिकाको कार्यालयले बाढी प्रभावित किसानलाई शतप्रतिशत अनुदानमा गहुँको बीउ उपलब्ध गराउने निर्णय गरेको छ । सो गाउँपालिकाको गाउँ कार्यपालिका बैठकले किसानलाई गहुँको बीउ उपलब्ध गराउने निर्णय गरेको हो ।
१० कटरठा जमिनको धान नोक्सान भएका किसानलाई ४० केजी, १० कटरठादेखि एक बिघा जमिनको बाली नोक्सान भएका कृषकलाई ८० केजी गहुँको बीउ दिइने सो गाउँपालिकाका प्रवक्ता कमलप्रसाद चौधरीले जानकारी दिनुभयो ।

यसैगरी एकदेखि दुई बिघा र दुई बिघाभन्दा बढी जमिनको बाली नोक्सान भएका किसानलाई क्रमशः १२० र २४० केजी गहुँको बीउ दिइने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्