प्रेस सेन्टर नेपालको दोस्रो अधिवेशन सम्पन्न, प्रदेश १ अध्यक्षमा घिमिरे निर्विरोध

<span class='c1'>प्रेस सेन्टर नेपालको दोस्रो अधिवेशन सम्पन्न,</span> <span class='c2'>प्रदेश १ अध्यक्षमा घिमिरे निर्विरोध</span>

विराटनगर । प्रेस सेन्टर नेपाल प्रदेश १ को अध्यक्षमा विनोद घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।

मंगलबार सम्पन्न दोस्रो प्रदेश अधिवेशनबाट अध्यक्षमा घिमिरे निर्विरोध निर्वाचित भएका हुन् । प्रदेश १ को वरिष्ठ उपाध्यक्षमा नवराज कट्टेल, उपाध्यक्षमा डण्डीराज घिमिरे र  राजन राई निर्विरोध निर्वाचित भएका छन् ।

प्रमुख सचिव सुजन तिमिल्सिना पनि निर्विरोध निर्वाचित भएका छन् । सचिवकाे जिम्मेवारी विदुर कटुवाल, घनेन्द्र केरुङ, गंगा राई, विशाल राई, सर्मिला बिक, प्रमोद यादव, चिरञ्जिवी घिमिरेले पाएका छन् । कोषाध्यक्षमा गोकुल पराजुली निर्विरोध भएका छन् ।

प्रदेश कमिटीको लेखा समिति संयोजककाे जिम्मेवारी सुरेश कार्की र अनुशासन समिति संयोजकको जिम्मेवारी इश्वर थापाले पाएका छन् ।

प्रदेश समितिको सदस्यमा मोहन भट्टराई, सुजता लिम्बू, एलिना दियाली, ब्रम्हलाल हजारी, प्रेक्षा राई मनिता, डाकमान राई, वीरबहादुर लिम्बू, आरपी भट्टराई, गोबिन्द बस्नेत,रामचन्द्र बम्जम, अनिता लिम्बू, राजु पाठक, बिनु तिम्सिना, लिलाराज झापाली,  गजेन्द्र राई, सत्यनारायण शर्मा, गणेश तिम्सिना, जनक ढकाल, संजय याख्खा, थिरलाल विश्वकर्मा, राजेश पराजुली, डिकेश लामा, संगिता राई, रस्मी प्रधान, कृष्णजीत राई र सविना पाण्डे निर्विरोध निर्वाचित भएकाे निर्वाचन समिति संयाेजक गणेश लम्सालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्