लागूऔषध र चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ

<span class='c1'>लागूऔषध र चोरी मुद्धाका</span> <span class='c2'>फरार प्रतिवादी पक्राउ</span>

विराटनगर । लागूऔषध र चोरी मुद्धाका फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले लागुऔषध मुद्दामा सुनसरीको धरान उप–महानगरपालिका ७ का ४१ बर्षीय नौसाद सिद्दिकी र चोरी मुद्धामा मोरङको कटहरी गाउँपालिका १ का २३ बर्षीय सुरज कामतलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई सुनसरी र मोरङ अदालतबाट कैद भुक्तानको लागी बिहीबार कारागार चलान गरिएको छ ।

२०७१ पौष २७ गते जिल्ला अदातल सुनसरीले सिद्दिकीलाई १ बर्ष १ महिना २४ दिन कैद र १ लाख जरिवाना गरेको थियो । यस्तै चोरी मुद्धाका प्रतिवादी कामतलाई पनि उच्च अदालत विराटनगरले २०७८ भदौ २३ गते १ बर्ष ६ महिना कैद र १५ हजार रुँपैया जरिवाना गरेको थियो । अदालतको फैसलापछि कामत फरार थिए । १ नम्बर प्रदेश प्रहरी कार्यालय आरआईटीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा कामतलाई गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा बिहीबार दिउँसो करिब ११ बजे पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्