बहिराहरुका लागि उचित रोजगारको माग गर्दै सरकारलाई चिठी

<span class='c1'>बहिराहरुका लागि उचित रोजगारको</span> <span class='c2'>माग गर्दै सरकारलाई चिठी</span>

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–३ बस्ने एक युवाले सुस्तश्रवण व्यक्तिहरुका लागि उचित रोजगारीको माग गर्दै सरकारलाई ध्यानाकर्षण पठाएका छन् ।

विराटनगर–३ बस्ने रञ्जन निरौलाले उच्च शिक्षा हाँसिल गरेको सुस्तश्रवण जनशक्ति अझै पनि रोजगारको दायरामा आउन नसकेको भन्दै संघीय सरकारलाई ध्यानाकर्षण पत्र पठाएका हुन् । डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ अध्ययन गरेका उनले बिहीबार संघीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका साथै प्राविधि शिक्षा तथा व्यावसायिक तालिम परिषदलाई पत्र पठाएका हुन्् । नेपालको संविधानको २०७२ कोे धारा १८ मा सबै नागरिक कानुनको दृष्टिमा समान हुने व्यवस्था गरिएको भएपनि उक्त बिषयमा व्यवहारिक रुपमा कार्र्यान्वयन हुन नसकेको उनले पठाएको पत्रमा उल्लेख गरिएको छ । ‘जागिरका लागि आवेदन दिँदा समेत सुस्तश्रवण भएका व्यक्तिहरुले विभिन्न प्रक्रियागत जटिलताहरु झेल्दै आईरहनु परेको छ । हामी प्रतिस्पर्धीको रुपमा आउन सकेका छैनौं । यस बिषयमा तीनै तहका सरकार संवेदनशील हुनु आवश्यक देखिन्छ,’ उनले पठाएको पत्रमा भनिएको छ ।

सरकारी कार्यालयमा सुस्तश्रवण भएका व्यक्तिहरुका लागि कोटा अनिवार्य गरेर काम गर्ने व्यवस्था मिलाईदिन उनले सिटिइभिटी प्रमुखलाई समेत आग्रह गरेका छन् । सुस्तश्रवण भएका व्यक्तिहरुको क्षमता, दक्षता र सीपको उचित मुल्याङ्कनको सवालमा सरकारले ध्यान दिनुपर्ने उनको भनाई छ ।

यस्तो छ उनले पठाएको पत्र :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्