अतिरिक्त शुल्क लिएको भन्दै विराटनगरस्थित नोबेल मेडिकल कलेजका विद्यार्थीले प्रशासन गुहारे

<span class='c1'>अतिरिक्त शुल्क लिएको भन्दै विराटनगरस्थित नोबेल</span> <span class='c2'>मेडिकल कलेजका विद्यार्थीले प्रशासन गुहारे</span>

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजले विद्यार्थीसँग अतिरिक्त शुल्क असुल गरेको भन्दै अभिभावक आन्दोलित बनेका छन् ।

चिकित्सा शिक्षा आयोगले शैक्षिकसत्र २०७७/२०७८ का लागि निर्धारण गरेको शुल्क बाहेक ४ लाख ८२ हजार रुँपैया बुझाउन दवाब दिएको भन्दै अभिभावक आन्दोलित भएका हुन् । नोबेल मेडिकल कलेजबाट पीडित बनेका अभिभावक र विद्यार्थी समेतले मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई सोमबार ज्ञापनपत्र बुझाउँदै अतिरिक्त शुल्कको विषयमा छानविन गरिदिन माग गरेका हुन् । कलेजले स्नातक तह (एमबीबीएस) मा भर्ना हुने विद्यार्थीबाट इन्र्टनसिप बापत २ लाख ४० हजार, विश्वविद्यालय सम्बन्धन शुल्क वापत ९८ हजार, होस्टल शुल्क १ लाख ४४ हजार नबुझाएसम्म भर्ना नलिने भनेपछि अभिभावक आन्दोलित भएका हुन् ।

चिकित्सा शिक्षा आयोगले जम्मा जम्मा कूल रकम ४४ लाख ३६ हजार २५ रुँपैया निर्धारण गरेको थियो । त्यसमध्ये प्रथमवर्ष १४ हजार ७८ हजार ६७५ रुँपैया बुझाएपछि भर्ना हुन पाउने अभिभावकले बताए । तर, अभिभावकले प्रथम वर्षको रकम जम्मा गरेपनि अतिरिक्त शुल्क नबुझाएसम्म भर्ना नगर्ने भन्दै विद्यार्थीलाई मानसिक तनाव दिएका छन् ।

कलेज प्रशासनले तोके बमोजिम काठमाण्डौं विश्वविद्यालयको नाममा नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको नोबेल मेडिकल कलेजको खातामा रकम जम्मा गरिसक्दा समेत भर्ना हुन नदिएको पीडित विद्यार्थीहरुले बताएका छन् । प्रवेश परीक्षामा उत्तिर्ण भएका विद्यार्थीले चिकित्सा शिक्षा आयोगले तोकेबमोजिमको रकम जम्मा गरिसकेका छन् ।

पिडित भएका विद्यार्थी र अभिभावकले स्थानीय प्रशासनसँग हारगुहार गरेपछि प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले तत्काल कलेज प्रशासनलाई पत्र काट्ने आश्वासन दिएका छन् । 'कानुन विपरित अतिरिक्त शुल्क असुल्न पाइदैन,' उनले भने, '३ दिन भित्रैमा भर्ना हुने अवस्था सिर्जना गर्नेछु ।' कलेज प्रशासनले आनाकानी गरेको अवस्थामा कारवाही प्रक्रिया बढाईने उहाँको दाबी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्