घोटला आरोपमा सप्तकोशी डेभलेपमेन्ट बैंकका कर्मचारी पक्राउ : कानुनी परामर्शमा मोरङ प्रहरी

<span class='c1'>घोटला आरोपमा सप्तकोशी डेभलेपमेन्ट बैंकका कर्मचारी</span> <span class='c2'>पक्राउ : कानुनी परामर्शमा मोरङ प्रहरी</span>

विराटनगर । सप्तकोशी डेभलोपमेन्ट बैङ्कको विराटनगरस्थित कर्पोरेट कार्यालयमा एक करोड भन्दा बढी हिनामिना आरोपमा एक कर्मचारी पक्राउ परेका छन् ।

रेमिट्यान्सको एक करोडभन्दा बढी रकम हिनामिना गरेको खुलेपछि रेमिट शाखामा कार्यरत जुनियर अफिसर हिमाल भट्टराई पक्राउ परेका हुन् । कम्प्युटरको पासवर्डको दुरुपयोग गरेर रकम हिनामिना गरेको भट्टराईलाई आरोप लगाइएको छ । बैङ्कका सिइओ नवीन सुवेदी बैंकमा हिनामिना भएको देखिएपछि प्रहरीमा दिएको उजुरीको आधारमा कर्मचारी भट्टराई पक्राउ परेको पुष्टि गर्नुभयो ।

यस प्रकरणलाई नेपाल प्रहरी र नेपाल राष्ट्र बैङ्कले अनुसन्धान गरिरहेको छ । मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले बैंकमा घोटला भएको प्रकरण प्रहरीको छानविन प्रक्रियामा रहेको भएपनि थप केहि कुरा बताउन नमिल्ने बताउनुभयो । बैङ्क व्यवस्थापनले घटनाको छानबिन गर्नका लागि निवेदन दिएको सिईओ सुवेदीले बताउनुभयो । त्यस लगतै सिआईबी र राष्ट्र बैङ्कको टोलीले प्रारम्भिक अनुसन्धान गरिरहेको छ ।

मोरङ प्रहरीका प्रवक्ता श्रेष्ठले कुन कसुरअन्तर्गत मुद्दा चलाउने भन्ने विषयमा कानुनी परामर्श भईरहेको बताउनुभयो । आरोपित भट्टराईलाई देवानी वा फौजदारी कुन प्रकृतिको मुद्दा लगाउने भन्ने बारेमा निक्र्यौल भईनसकेकोले कानुनी परामर्शमा छौं, प्रवक्ता श्रेष्ठले भन्नुभयो ।
मुद्दाको विषयमा राष्ट्र बैङ्क र कानुनविज्ञसित समन्वय गरेर अगाडी बढ्ने प्रहरीले जनाएको छ । हिनामिना भएको रकम कति हो भन्ने विषयमा मुद्दा दर्ता गर्नुपूर्व प्रहरीले खुलाएको छैन ।

बैङ्कको केन्द्रीय कार्यालय धनकुटा र कर्पोरेट कार्यालय विराटनगरमा छ । तर केन्द्रीय कार्यालयका सबै काम कर्पोरेट कार्यालयबाटै गरिन्छ ।
सप्तकोशी पूर्वकै ठूलो विकास बैङ्क मानिन्छ । यो बैङ्क प्रदेश १ का मोरङ, सुनसरी, झापा, पाचथर, इलाम, धनकुटा र तेह्रथुम गरी ७ जिल्लामा विस्तारित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्