हिमालय रोड सौन्दर्यीकरण योजनाप्रति साझा विवेकशीलको आपत्ति, बुझायो ज्ञापन–पत्र

<span class='c1'>हिमालय रोड सौन्दर्यीकरण योजनाप्रति साझा</span> <span class='c2'>विवेकशीलको आपत्ति, बुझायो ज्ञापन–पत्र</span>

विराटनगर । विवेकशील साझा पार्टी मोरङले विराटनगरको हिमालय रोड सौन्दर्यीकरण योजनाप्रति आपत्ति जनाउँदै ज्ञापन–पत्र बुझाएको छ ।

पार्टीले उक्त योजना भौगोलिक बनावट विपरित र राजनितिक इतिहास ध्वस्त बनाउने किसिमको रहेको भन्दै विराटनगर महानगरपालिकालाई ज्ञापन–पत्र बुझाएको हो । ज्ञापन–पत्रमा आधुनिकीकरणको नाममा महानगरले छुट्टै गरिमा बोकेको हिमालय रोडको इतिहास मेटने प्रयास गरेको उल्लेख छ । महानगरको उक्त योजनाका कारण कोशी राजमार्ग र मेनरोेडबिचको लिङ्क टुटने र स्थानीय व्यावसायीहरु विस्थापित हुने निश्चित रहेको ज्ञापन–पत्रमा समेटिएको छ । ‘साँघुरो बाटो र पार्किङको समस्या झेल्दै आएका आम सर्वसाधारण झनै सास्ती व्यहोर्नुपर्ने देखिन्छ,’ ज्ञापन–पत्रमा भनिएको छ ।

यसका साथै महानगरको उक्त योजनाका कारण व्यापारिक हबको रुपमा उक्त सडकखण्डका व्यापार व्यावसाय प्रभावित हुने भएपछि यसले राज्यको आम्दानीमा समेत नकारात्मक असर पुर्याउने बिषय ज्ञापन–पत्रमा औंल्याईएको छ । यसका अतिरिक्त उक्त योजनाबारे महानगरबासी र अन्य सरोकारवाल पक्षहरुसँग कुनै छलफल नगरिएको बिषय समेत साझा विवेकशीलले ज्ञापन–पत्र मार्फत सार्वजनिक गरेको छ ।

ज्ञापन–पत्रमा भनिएको छ, ‘यसको दीर्घकालीन असर र प्रभावका बारेमा पर्याप्त अध्ययन अनुसन्धान नगरीकनै केही व्यक्ति र संघसंस्थाको सहमति जुटाएर योजना सुरु गरेको देखिन्छ । यसको ब्लुप्रिन्ट, नक्सा र विस्तृत कार्ययोजना सार्वजनिक नगरीकनै योजना सुरु भएको छ ।’
साझा विवेकशीलले महानगरको उक्त योजना अन्यत्रै स्थानान्तरण गर्न आग्रह गरेको छ । शुक्रबार विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतलाई पार्टीले ज्ञापन–पत्र बुझाएको थियो ।

ज्ञापन–पत्रमा साझा विवेकशील पार्टी मोरङका संयोजक अमलेश कर्ण, सचिव श्याम कोईराला र विराटनगर महानगर कमिटी सह–संयोजक अच्युत गिरीले हस्ताक्षर गरेका छन् ।

यस्तो छ पार्टीले बुझाएको ज्ञापन-पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्