सामाजिक सुरक्षा भत्ताका कारण ज्येष्ठ नागरिकलाई हेरिने दृष्टिकोणमा परिवर्तन : मन्त्री यादव

<span class='c1'>सामाजिक सुरक्षा भत्ताका कारण ज्येष्ठ नागरिकलाई</span> <span class='c2'>हेरिने दृष्टिकोणमा परिवर्तन : मन्त्री यादव</span>

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले सामाजिक सुरक्षा भत्ताका कारण ज्येष्ठ नागरिकलाई हेरिने दृष्टिकोणमा परिवर्तन आएको बताएका छन् ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागद्वारा आईतबार विराटनगरमा आयोजित सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारितामा सरकार र नागरिकको भूमिका विषयक सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै मन्त्री यादवको यस्तो भनाई आएको हो । उनले सामाजिक सुरक्षा भत्ताकै कारण परिवारबाट ज्येष्ठ नागरिकले माया पाएको जिकिर गरे । उनले भने,‘ छोरा–छोरीले सम्मान गर्र्ने गरेको पाईएको छ ।’

उनले सामाजिक सुरक्षा भत्ता वितरणमा हुने गरेको असहजतालाई सहज बनाउनुपर्ने बिषयमा जोड दिए । उनले अन्यको तुलनामा पूर्ण अपाङ्गता भएका व्यक्तिहरुले पाईरहेको सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न आवश्यक रहेको औंल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्