विराटनगरमा बिहीबार ‘स्टार्टअप उद्यमी हाटबजार’ आयोजना हुँदै, नवीनतम प्रविधिहरु देखाईने

<span class='c1'>विराटनगरमा बिहीबार ‘स्टार्टअप उद्यमी हाटबजार’</span> <span class='c2'>आयोजना हुँदै, नवीनतम प्रविधिहरु देखाईने</span>

विराटनगर । उद्यमशीलता विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ मोरङको विराटनगरमा बिहीबार ‘स्टार्टअप उद्यमी हाटबजार’ को आयोजना हुने भएको छ ।

नवीनतम व्यावसायिक ज्ञान तथा सीपको प्रर्दशन र प्रर्वद्धनको लक्ष्यसहित बिहीबार विराटनगरस्थित उद्योग संंगठन मोरङ परिसरमा हाटबजारको आयोजना हुने भएको हो । ‘मेरो देश, मेरै उत्पादन’ को साझा लक्ष्यलाई समेत सघाउ पुग्ने गरि हाटबजारको आयोजना गर्न लागिएको उद्योग संगठन मोरङले जनाएको छ । नव उद्यमीहरुलाई बजारसँग जोडेर उनीहरुलाई बजारको स्थिति, उपभोक्ताको पहिचान तथा आफ्ना उत्पादनमा थप सुधार गर्नुपर्ने पक्षका बारेमा अवगत गराउन समेत स्टार्टअप उद्यमी हाटबजारको आयोजना गरिएको उद्योग संगठन मोरङका महानिर्देशक चुडाँमणि भट्टराईले बताए । उनले नव उद्यमीहरुको सीप, लगन, क्षमता र दक्षता सार्वजनिक गर्न समेत हाटबजारले महत्वपुर्ण भुमिका निर्वाह गर्ने जानकारी दिए ।

‘उद्योग संगठनको छनौटमा परेका उद्यमीहरुलाई पहिलोपटक हामीले बजारसँग जोडिदिने प्रयास गरेका हौं,’ उनले भने, ‘स्टल राखेर प्रर्दशनी हुन्छ । त्यहाँ उनीहरुले बजारको माग र अवस्था बारे सिक्ने अवसर पाउँछन् । हामीले एक किसिमको नेटवर्क सिर्जना गरिदिन खोजेका हौं ।’

उद्योग संगठन मोरङको आयोजनामा हुन गईरहेको स्टार्टअप उद्यमी हाटबजारमा हाल मेन्टरसिपमा रहेको १९ जना नव–उद्यमीहरुले सहभागिता जनाउने छन् । स्टार्टअप एण्ड इनोभेसन कार्यक्रमका लागि गत साउनमा उद्योग संगठन मोरङले दरखास्त आह्वान गरेको थियो । जसमा ४८ जनाको आवेदन परेको थियो । आवेदकहरु मध्येबाट २५ जना संगठनको छनौटमा परेका थिए । संगठनले उनीहरुका लागि असोज १५ देखि १८ गतेसम्मका लागि ४ दिने ‘बुट क्याम्प’ को आयोजना गरेको थियो । बुट क्याम्पमा अन्तर प्रेरणा प्रा.लि.ले उनीहरुलाई प्राविधिक प्रशिक्षण तथा परामर्श प्रदान गरेको थियो । उद्योग संगठनले उनीहरुलाई आवश्यक सल्लाह, सुझाव र परामर्श प्रदान गन विभिन्न क्षेत्रका १८ जना विज्ञहरुलाई मेन्टर समेत नियुक्त गरेको थियो ।

बिहीबारको कार्यक्रममा विज्ञहरुको मेन्टरसिपमा रहेका २५ जना सहभागीमध्ये १९ जनाले आ–आफ्नो उत्पादनकोे स्टल राख्ने तयारी गरेका छन् । केही प्राविधिक गडबडीका कारण बुट क्याम्पका ५ जना उद्यमी हाटबजारमा सहभागी नहुने उद्योग संगठनका कार्यकारी निर्देशक भट्टराईको भनाई छ । उनका अनुसार कार्यक्रममा सुनसरीको दुहबीका अनिश साहले ऊर्वाभूमि ब्राण्डमा तयार पारिएको वर्मी कम्पोष्ट मलको प्रर्दशनी गर्नेछन् । मोरङको उर्लाबारीका कुबेर ढुंगानाले ड्रमभित्र माछा पालन गर्न सकिने बायो फ्लक प्रविधि प्रर्दशन गर्नेछन् । यस्तै सोलुखुम्बुका छिरिङ तेन्जिङ शेर्पाले हाईल्यान्ड अर्गानिक नामको कम्पनीद्वारा उत्पादित जडिबुटी देखाउनेछन् ।

दिनको १ बजेदेखि साँझको ५ बजेसम्म चल्ने हाटबजारमा विभिन्न बैंक तथा वित्तीय संस्था, व्यापारिक परामर्शदाता, उद्योग संगठनको बिजनेश क्लिनिक र स्किल डेभलपमेन्ट क्लिनिक लगायतका स्टलहरु समेत जनाईएको छ ।

बिहीबार हुने कार्यक्रममा भने सुनसरीकोे तरहरास्थित नेपाल कृषि अनुसन्धान परिषद, काठमाण्डौंस्थित पूर्वाञ्चल विश्वविद्यालय, राष्ट्रिय आविष्कार केन्द्र र मनमोहन प्राविधिक विश्वविद्यालय लगायतका प्राज्ञिक संस्थाहरु समेत हाटबजारको साझेदारको रुपमा रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्