समाजवादी युवा संघ विराटनगर १५ को अध्यक्षमा शर्मा

<span class='c1'>समाजवादी युवा संघ विराटनगर</span> <span class='c2'>१५ को अध्यक्षमा शर्मा</span>

विराटनगर । जनता समाजवादी पार्टी निकट समाजवादी युवा संघले विराटनगर महानगरपालिका १५ नंं. वडा कमिटी टुंगो लगाएको छ ।

युवा संघको बिहीबार नगर कोषाध्यक्ष गुडिया साहको अध्यक्षतामा बिहीबार बसेको बैठकले शिवु शर्माको अध्यक्षतामा ४१ सदस्यीय वडा कमिटी टुंगो लगाएको हो । कमिटीको उपाध्यक्षमा रितिक राज साह र आनन्द साह चयन भएका छन् । कमिटीको सचिवमा सुरज साह तथा सह–सचिवमा विशाल चौधरी र आदित्य राउतलाई चयन गरिएको छ । यस्तै बिहीबारको बैठकले १५ नं. वडा कमिटीको कोषाध्यक्ष पदको जिम्मेवारी भने छायाँ कुमारी साहलाई प्रदान गरेको छ ।

बिहीबार आयोजित कार्यक्रममा भने जसपा केन्द्रिय सदस्य भोगेन्द्र यादव, जसपा संघीय परिषद सदस्य अमृत महतो, प्रदेश सदस्य कमल पोख्रेल, जिल्ला कार्यकारी सदस्य दिनेश साह, मन्तलाल यादव, समाजवादी युवा संघ मोरङ जिल्ला अध्यक्ष सुशील यादव, सचिव इन्द्रेश राई, विराटनगर महानगर अध्यक्ष मोहम्मद साहिल, उपाध्यक्ष अविनाश मण्डल र सचिव दुर्गेश साह लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्