डिशहोमको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना : यी हुन स्पेनको टिकट जित्ने दुई भाग्यशाली विजेता

<span class='c1'>डिशहोमको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना : यी</span> <span class='c2'>हुन स्पेनको टिकट जित्ने दुई भाग्यशाली विजेता</span>

विराटनगर । डिशहोमले “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना अन्तर्गत स्पेन घुम्न जान पाउने दुई भाग्यशाली विजेता घोषणा गरेको छ ।

पौष १६ गते शुक्रबार गरिएको लक्की ड्र मार्फत डिशहोमले स्पेनको टुर प्याकेज जित्ने दुई भाग्यशाली विजेता घोषणा गरेको हो । २०७८ कार्तिक १९ गते देखि डिशहोम, डिशहोम फाइबरनेट कम्बो प्याकेज, प्रभु टिभी र सिम टिभीको नयाँ कनेक्शन लिएका तथा ला लिगाको सिजन टिकट खरिद गरेका ग्राहकहरु यस योजनामा सहभागी भएका थिए । पौष १६ गतेको लक्की ड्र मार्फत क्यास आईडी नम्बर ०२५६४०७८६९६ र ०२५५८२५५८२४ भएका ग्राहकले डिशहोमको उक्त प्याकेज जितेका हुन् । योजना बमोजिम उनीहरुले स्पेनको दुईतर्फी हवाई टिकट, ४ रातको होटल व्यवस्था र ला लिगाको एउटा खेल स्टेडियममै बसेर प्रत्यक्ष हेर्न पाउने अवसर प्राप्त गर्नेछन् ।

लक्की ड्र को प्रत्यक्ष प्रसारण सहितको नतिजा भने सरोकार टिभी, रियालिटी टिभी र नेपा च्यानल तथा डिशहोमको फेसबुक पेजमा सार्वजनिक गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्