सर्वसम्मति ढङ्गबाट अनेरास्ववियु मोरङको जिल्ला कमिटीलाई पुर्णता दिने तयारी

<span class='c1'>सर्वसम्मति ढङ्गबाट अनेरास्ववियु मोरङको जिल्ला</span> <span class='c2'>कमिटीलाई पुर्णता दिने तयारी</span>

विराटनगर । एमालेभित्रको दुईधार र ध्रुवीकरणको अवस्थालाई दृष्टिगत गर्दै अनेरास्ववियु मोरङले सर्वसम्मति ढङ्गबाट जिल्ला कमिटीलाई पुर्णता दिने तयारी गरेको छ ।

आउँदो पौष २९ गतेको पहिलो विस्तारित बैठकबाट एकताको सन्देश प्रवाह गर्न अनेरास्ववियुले सर्वसम्मति ढङ्गबाट पदाधिकारी टुङ्गयाउने तयारी गरेको हो । अनेरास्ववियुको शनिबार सम्पन्न २३ औं जिल्ला सम्मेलनले मोरङको १७ वटै स्थानीय तहबाट सहभागिता रहने गरि ५१ सदस्यीय जिल्ला कमिटी गठन गर्ने निर्णय गरेको थियो । निर्णयानुसार सम्मेलनको बन्द सत्रले प्रारम्भिक चरणमा ५१ जनालाई जिल्ला सदस्य चयन गरेको छ । चयन भएका ५१ जना सदस्यहरुमध्ये बाटै आउँदो पौष २९ गतेको बैठकबाट पदाधिकारी टुङ्गो लगाउने तयारी रहेको अनेरास्ववियुका मोरङ जिल्ला सदस्य नविन पहाडीले बताए । पार्टी विभाजनले विद्यार्थी संगठन प्रभावित नभएको र मोरङमा अखिल एउटै रहेको सन्देश प्रवाह गर्न सर्वसम्मति रुपले ९ जना पदाधिकारी सहितको ५१ सदस्यीय जिल्ला कमिटीलाई पुर्णता दिने तयारी रहेको उनले जानकारी दिए ।

‘बाहिर केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अनेरास्ववियु मोरङमा विवाद भयो । एकलौटी निर्णय गर्न खोजियो भन्ने कपोकल्पित कुुराहरु आईरहेका छन । तर, त्यसो होईन,’ उनले भने, ‘पार्टी र संगठनप्रति आम नागरिकमा वितृष्णा पैदा होस भन्ने उद्देश्यका साथ भ्रम फैलाईएको हो । हामी सर्वसम्मतिको प्रयासमा छौं ।’

२४७ प्रतिनिधि र ९९ जना आयोजक गरेर कुल ३४६ जनाको प्रतिनिधीको सहभागितामा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले २३ औं जिल्ला सम्मेलन सम्पन्न गरेको छ । तर, अध्यक्षको दौडमा रहेका ४ जना आकाङ्क्षीहरु बिच सहमति हुन नसक्दा जिल्ला कमिटीले हाल पुर्णता पाएको छैन् । पदाधिकारीविहिन जिल्ला कमिटीलाई पुर्णता प्रदान हाल पार्टीका नेताहरु र विद्यार्थीहरु लागिपरेका छन् ।

अनेरास्ववियु मोरङको भाबी अध्यक्षका लागि हालका उपाध्यक्षहरु तुलसी घिमिरे, जोसेफ घिमिरे, मिलन घिमिरे र रुपेश खड्का मैदानमा छन् । अध्यक्षका दाबेदार तुलसी घिमिरे र जोसेफ घिमिरे विराटनगरस्थित महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पसका विद्यार्थी हुन् । जोसेफले यसअघि महेन्द्र मोरङ क्याम्पसको आदर्श बहुमुखी क्याम्पसको प्रारम्भिक कमिटी अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन् । त्यस्तै अध्यक्ष पदका अर्का आकाङ्क्षी मिलन घिमिरेले सुन्दरहरैंचास्थित सुकुना बहुमुखी क्याम्पसको स्ववियू उपाध्यक्षको जिम्मेवारी पुरा गरिसकेका छन् । त्यस्तै अर्का आकाङ्क्षी रुपेश खड्काले पनि लेटाङस्थित लेटाङ बहुमुखी क्याम्पसको प्रारम्भिक कमिटीको अध्यक्षको जिम्मेवारी पुरा गरिसकेका छन् ।

अनेरास्ववियुकोे पहिलो विस्तारित बैठकले भने १ अध्यक्ष, ३ उपाध्यक्ष, १ सचिव, ३ सह–सचिव र १ कोषाध्यक्ष सहितको ५१ सदस्य जिल्ला कमिटी गठन गर्ने तयारी गरेको छ । जिल्ला कमिटीको कार्यकाल भने २ वर्षको हुनेछ ।

यो पनि पढ्नुहोस : अनेरास्ववियु मोरङमा विवाद/ नेतृत्वले एकलौटी निर्णय गर्न खोजेको आरोप

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्