विराटनगरमा एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ । विराटनगर १२ बखरी चौकमा जाडोले कठ्याङ्ग्रिएर मृत्यु भएको अवस्थामा उक्त शव भेटिएको हो ।
घटनाको अनुसन्धान गर्न प्रहरी घटनास्थलमा पुगेको छ ।
विराटनगर १२ नम्बर वडाका वडाध्यक्ष हिरालाल कामतका अनुसार मृत्यु हुने व्यक्ति विराटनगर ६ भिमपुरका ६५ वर्षिय रामभरोष साह हुन । कामतले मृतक मदिरा सेवन गरि राती त्यहि सुतेको अवस्थामा जाडोले कठ्याङ्ग्रिएर मृत्यु भएको प्रारम्भिक जानकारी आएको बताए ।
घटनाबारे थप अपडेट केहि समयमा गर्नेछौं ।