विराटनगर । विराटनगर महानगरपालिकाको उपप्रमुख इन्दीरा कार्कीको नशामा रगत जम्ने समस्या देखिएपछि अचानक अस्पताल भर्ना गरिएको छ ।
सोमबार विहान ५ बजे स्वास्थ्यमा समस्या देखिएपछि विराट नर्सिङ होम लगिएको थियो । विराट नर्सिङ अस्पतालका चिकित्सकले कार्कीको टाउकोको नशामा रगत जम्ने समस्या (एन्युरिज्म) देखिएको बताएका थिए । कार्कीलाई तत्काल चिकित्सकको सल्लाहअनुसार सोमबार बेलुकी नै बुद्ध एयरबाट काठमान्डौको मेडिसिटी अस्पतालमा भर्ना गरिएको उप प्रमुखकी स्वकीय सचिव कल्पना दाहालले जानकारी दिनुभयो ।
कार्कीको अवस्था अहिले सामान्य रहेको र अहिले शल्यक्रिया गर्न लागिएको दाहालले बताउनुभयो ।
फोटो:फाइल