विराटनगर । प्रदेश–१ स्तरीय मिस नेवाः ११४२ को चौथो संस्कारणको विराटनगरको फाईनल अडिसन सम्पन्न भएको छ ।
विराटनगरको छहारी लाउन्ज एण्ड बारमा भएको फाईनल अडिसनबाट १६ जना नेवारी समुदायका युवतीहरु छनौट भएका थिए ।

नेवारी समुदायका युवतीहरुको प्रतिभा प्रस्फुटन गराउँदै नेवारी संस्कृतिको प्रचार प्रसार र जगेर्ना गर्ने उद्देश्यका साथ मिस नेवाः हुन लागेको हो । विराटनगरको यस अघि पहिलो अडिसन झिः पुच विराटनगरको भवनम सम्पन्न भएको थियो । फाईनल अडिसनका निर्णयकहरुमा अर्जुन श्रेष्ठ, संन्जु शाक्य थिए । ‘नेपा संस्कृति नेपाया गौरव’ भन्ने मुल नाराका साथ नेवारी संस्कृति संरक्षणका लागि हरेक वर्ष मिस नेवाः आयोजना हुँदै आएको छ ।

आयोजक मन्जिना मुभिज क्रियशनका निर्देशक जतिन ताम्राकारका अनुसार यस वर्षको मिस नेवाः सौन्दर्य प्रतियोगिता भने माघ ७ गते विराटनगरमा हुने भएको छ । सांस्कृतिक कार्यक्रमसहित होटल नमस्कार आयोजना हुनेछ । यस वर्षको मिस नेवाःको विजेताले स्कुटीसहित १५ लाखको बिमाको सुविधा पाउने आयोजकले जनाएको छ । प्रतियोगितको विजेतालाई ग्रेटाको स्कुटर र ज्योति लाइफ इन्स्योरेन्सबाट १५ लाखको बिमा सुविधा प्राप्त हुने आयोजकले जनाएको छ ।
विराटनगरको फाईनल अडिसनपछि धरान, विर्तामोडसहित प्रदेश–१ का विभिन्न सहरमा अडिसन हुने निर्देशक ताम्राकारले जानकारी दिए ।