नेपाली उपभोक्ता संरक्षण महासंघको मोरङ समिति गठन

<span class='c1'>नेपाली उपभोक्ता संरक्षण महासंघको</span> <span class='c2'>मोरङ समिति गठन</span>

विराटनगर । दैनिक उपभोग्य बस्तुहरु सहज रुपमा सर्वसुलभ रुपमा आम उपभोक्ताले प्राप्त गरुनु कालाबजारी नहोस , मिति गुज्रिएको र गुणस्तर हिन सामाग्री नपाउन भन्ने उदेश्यले यसको पैरवी गर्ने संस्थाका रुपमा गृह मन्त्रालय मार्फत उधोग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको राय सहितमा स्थापित नेपाली उपभोक्ता संरक्षण महासङ्घ को गठन भएको छ । मोरङ शाखा प्रदेश एकको दोश्रो शाखाको रुपमा गठन भएको संघले जनाएको छ।

नेपालका सात प्रदेशमै गठन भै सकेको महासङ्घ मोरङ जिल्लामा प्रदेश अध्यक्ष नारायण योङ्हाङ्को आतिथ्यमा सम्पन्न भएको गठन प्रक्रियाबाट अध्यक्ष सुशील कुमार चौधरी , उपाध्यक्ष अजय खवास , सचिब दिपक कुमार कर्ण , कोषाध्यक्ष टिकेन्द्र श्रेष्ठ , र सदस्य मनोज कुमार सिंह रहनु भएको मोरङ जिल्ला कमिटी गठन भएको छ ।जिल्ला पछि स्थानीय तहमा समेत कमिटी बिस्तार लाई तिब्रता दिइने महासङ्घले जनाएको छ ।

पसल कलकारखाना उधोग अस्पताल लगायत सार्वजनिक महत्त्व राख्ने स्थानमा भए गरेका गतिविधि हरुका बारेमा अनुगमन तथा निरीक्षण गर्नका निमित्त सबै सरोकारबाला हरुलाइ घचघच्याउने काम सस्थाले गर्ने साथै समाज मा हुने गरेका बिकृतीका विरुद्ध मा समेत सस्था अघि बढ्ने संस्थाका नव नियुक्त कोषाध्यक्ष टिकेन्द्र श्रेष्ठले बताउनु भयो ।

उपभोक्ता आफै सजग भएर कालोबजारी तथा ब्यापार ब्यबसायमा हुने गरेका अबैध गतिबिधीलाई निस्तेज पार्न सबै एक भएर लाग्नु पर्ने मा बक्ताहरुको जोड थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्