विराटनगर । साढे ३३ किलो सुन तस्करी प्रकरणसँग जोडिएर मोरङ उर्लाबारीका सनम शाक्यको हत्यासँग जोडिएका रमेश उप्रेतीलाई आज जिल्ला अदालत मोरङमा उपस्थित गराइएको छ । इन्टरपोलको सहयोगमा दुबईबाट पक्राउ गरी हिजो काठमाडौँ ल्याइएका रमेश उप्रेतीलाई आज विराटनगर ल्याएर अदालतमा उपस्थित गराइएको हो ।
रमेशको भोलि मोरङ अदालतमा बयान हुने र सोहिदिन थुनछेक बहस हुने अदालतले जनाएको छ । रमेश सुन तस्करी तथा शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुणामणि उप्रेती(गोरे)का भाइ हुन्न् । सुन तस्करी प्रकरणको रहस्य बाहिरिए पछि फरार भएका उनी युएईमा बस्दै आएका थिए ।