विराटनगर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले पार्टीको महाधिवेशनले रुपान्तरण ल्याएकोले अब तीन तहका निर्वाचनमा केन्द्रीत हुने बताउनु भएको छ । विराटनगरमा बिहीबार पत्रकार सम्मेलन आयोजना गरेर नेतृ संग्रौलाले महाधिवेशनको प्रकृयामा पार्टी नेतृत्वका लागि भएको प्रतिस्पर्धामा बिजेता र उपविजेताबीच गुटउपगुट त्यागेर अगाडी बढ्ने दावी गर्नु भएको हो ।
आगामी निर्वाचनमा काँग्रेसलाई पहिलो स्थानमा पु¥याउनु पर्ने दायित्व रहेकोले सबै एकठाउँमा उभिनुपर्नेमा नेतृ संग्रौंलाले जोड दिनुभयो । तीनै तहको निर्वाचन नजिकै आइपुगेकोले देशलाई विकास र समृद्धिको यात्रामा अघि बढाउँन काँग्रेसको नेतृत्व जरुरी भएको संग्रौलाको भनाइ थियो ।
कम्युनिष्टहरुले मुलु्कको नेतृत्व गर्न नसक्ने बताउँदै संग्रौलाले दुईतिहाई मत प्राप्त गरेका कम्युनिष्टहरुले सरकार चलाउन नसकोले अब पनि उनीहरुबाट देशको विकास र समृद्धि सम्भव छैन भन्ने प्रष्ट भएकोले काँग्रेसले सरकारको नेतृत्व लिनुपर्ने बताउनुभयो ।