नेकपा एमाले मोरङको ९ औं जिल्ला अधिवेशन आज

<span class='c1'>नेकपा एमाले मोरङको ९</span> <span class='c2'>औं जिल्ला अधिवेशन आज</span>

विराटनगर । नेकपा एमाले मोरङको ९ औं जिल्ला अधिवेशनको आज उद्घाटन हुँदैछ । विराटनगरको होटल मनास्लुमा अधिवेशन उद्घाटन तयारी गरिएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलेले देशभर हुन जिल्ला सम्मेलनको एकै पटक भर्चुअल रुपमा उद्घाटन गर्ने कार्यक्रम छ । जिल्ला अधिवेशनमा स्थायी कमिटी सदस्यहरु लालबााबु पण्डित, गुरु बराल, डा.शिवमायाँ तुम्वाहाम्फे, भानुभक्त ढकाल, केन्द्रीय सदस्यहरु जीवन घिमिरे, विनोद ढकाल लगायतका नेताहरुको सहभागिता रहने छन् । जिल्ला अधिवेशनमा १ हजार ४ सय ३० जना प्रतिनिधि सहभागी हुने सचिव रुपेश खतिवडाले बताएका छन् । पार्टी जिल्ला कमिटी, जिल्ला लेखा आयोग र निर्वाचन आयोगका सम्पूर्ण सदस्यहरु आयोजकका रुपमा प्रतिनिधि रहने छन् ।

जिल्ला सल्लाहकार परिषद र जिल्ला जेष्ठ कम्युनिष्ट मञ्चबाट पनि प्रतिनिधि सहभागि हुने खतिवडाले बताए । ‘वैचारिक गतिशिल र रचनात्मक नेतृत्व, सुदृढ र एकताबद्ध संगठन, एमालेको नेतृत्वमा सम्वृद्ध मोरङ’ नाराका आज र भोलि हुने अधिवेशनले पूर्ण समावेशी नेतृत्व चयन गर्ने सचिव खतिवडाले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्