मुक्तिनाथ विकास बैंकको विराटनगर सामाजिक उत्तरदायित्व कार्यक्रम

<span class='c1'>मुक्तिनाथ विकास बैंकको विराटनगर</span> <span class='c2'>सामाजिक उत्तरदायित्व कार्यक्रम</span>

विराटनगर। मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्र्तरगत विभिन्न संघ संस्था, व्यक्तिहरुलाई सहयोग गर्दै आएको छ । यसै क्रममानै बैंकले कोरोना महामारीको रोकथामका लागि हात धुनुपर्ने कार्यको निमित्त सम्पन्न बस्ती महानगर आवस परियोजनाको लागि २ थान ५०० लिटरको क्षमता भएको धारा समेतको पानी टयाङ्कीहरु हस्तान्तरण गरेको छ ।

उक्त सहयोगले सोही आवास परियोजना अन्तरगत निमाणर् हुँदै गरेका १४७ वटा नँया घरमा बस्ने मुसाहर समुदयलाई सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । यस आवास परियोजनामा घर निमाणर्को कार्य हेबिटेट फर ह्युमनिटि, साहरा नेपाल र विराटनगर महानगरपालिकाको सहकार्यमा भइरहेको छ ।


साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ATM Machine प्रयोग गरी नेपालभरी रहेको VISA Network मा आवद्ध अन्य जुन सुकै बैंकको ATM Machine बाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्