प्रेस चौतारी मोरङको अध्यक्षमा कोइराला

<span class='c1'>प्रेस चौतारी मोरङको</span> <span class='c2'>अध्यक्षमा कोइराला</span>

विराटनगर । प्रेस चौतारी मोरङको अध्यक्षमा सुदीप कोइराला निर्वाचित भएका छन् ।

बिहीबार सम्पन्न आठौं जिल्ला अधिवेशनले कोइरालाको अध्यक्षमा २५ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको हो । अधिवेशनले उपाध्यक्षमा सन्तोष राई र चीना थापा, सचिवमा सशांक पौडेल, सह–सचिवमा सुमन घिमिरे र अर्जुन राई तथा कोषाध्यक्षमा विद्यानन्द चौधरीलाई निर्वाचित गरेको छ । यसैगरि अधिवेशनबाट सदस्यहरुमा हरिहर नेपाल, दिपेश खतिवडा, कृष्णचन्द्र सुवेदी, दिपेन्द्र थापा, खगेन्द्र चौहान, शुक्रराज राई, राजकुमारी तामाङ, राजो उराव, भूपेन्द्र कटुवाल, भूमीप्रसाद पाठक, कृष्ण कोइराला, निशान्त ढुङ्गाना, मनोजकुमार महतो, सामना भट्टराई, सम्जना चौधरी, इश्वर दुलाल, रोमा दाहाल र तिलक नेपाल निर्वाचित भएका छन् ।

आठौं जिल्ला अधिवेशनको अवसरमा जनार्दन मैनाली पत्रकारिता पुरस्कारबाट उर्लाबारीका पत्रकार जगन्नाथ भट्टराईलाई पुरस्कृत गरिएको छ । भट्टराईलाई नगद १५ हजार ५ सय सहित सम्मानित गरिएको थियो । कार्यक्रममा पुर्वअध्यक्ष विक्रम लुईटेल, रामचन्द्र अधिकारी, सल्लाहकार डिल्ली पोखरेललाई सम्मान गरिएको थियो ।

जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज विनोद ढकाल, प्रेस चौतारी नेपालका उपाध्यक्ष लीलाराज भट्टराई, प्रेस चौतारी नेपालका लेखा संयोजक विक्रम लुईटेल, नेकपा एमाले मोरङका उपाध्यक्ष बाबुराम कार्की, सचिव रुपेश खतिवडा, पत्रकार महासंघ मोरङका अध्यक्ष सञ्जीव खनाल, प्रेस सेन्टर मोरङका अध्यक्ष अर्जुन आचार्य, प्रेस मञ्च मोरङका अध्यक्ष मुकेश यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्