नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीका पदाधिकारीको पदभार ग्रहण

<span class='c1'>नेकपा माओवादी केन्द्र प्रदेश १</span> <span class='c2'>कमिटीका पदाधिकारीको पदभार ग्रहण</span>

विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीका पदाधिकारीले पदभार ग्रहण गरेका छन् ।

माओवादी केन्द्रको विराटनगरस्थित प्रदेश १ को कार्यालयमा आज साँझ एक कार्यक्रम गरी पदाधिकारीको पदभार ग्रहण भएको हो । माओवादीका प्रदेश १  इन्चार्ज राम कार्की, सहइन्चार्ज सावित्रीकुमार काफ्ले, केन्द्रीय सदस्य हिमाल राई र इन्द्रबहादुर आङ्बोले पदाधिकारीलाई पदभार ग्रहण गराएका हुन्।

माओवादीको प्रदेश १ अध्यक्षमा भारी मतका साथ हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी भएका थिए । यस्तै उपाध्यक्षमा मणिकुमार साम्पाङ, देवान चाम्लिङ र शिवकुमार डाँगी, सचिवमा गणेश उप्रेती, सहसचिवमा कुमारी राई, सागर किराँती र ऋषिराम ढुंगाना तथा कोषाध्यक्षमा रेवतराज पुरी (गगन) विजयी भएका थिए ।

९ जना पदाधिकारीका गत पुस ७ गते निर्वाचन भएको थियो भने माओवादी केन्द्रले प्रदेश १ को प्रथम अधिवेशन गत मङ्सिर २५ र २६ गते सम्पन्न गरेको थियो । उक्त अधिवेशनबाट निर्वाचित २५९ जना कार्यसमिति सदस्य मतदानमा सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्