नोबेल विरुद्धको आन्दोलन स्थगित गर्न विद्यार्थी संगठनलाई प्रशासनको दबाब

<span class='c1'>नोबेल विरुद्धको आन्दोलन स्थगित गर्न</span> <span class='c2'>विद्यार्थी संगठनलाई प्रशासनको दबाब</span>

विराटनगर । गृहको निर्देशनानुसार नोबेल विरुद्ध कारबाही प्रक्रिया अघि बढिसकेको भन्दै मोरङ प्रशासनले संयुक्त विद्यार्थी संगठनलाई आन्दोलन स्थगित गर्न दबाब दिएको छ ।

शुक्रबार दिउँसो बसेको संयुक्त विद्यार्थीसँगको छलफलमा जिल्ला प्रशासन कार्यालयले विद्यार्थी संगठनलाई यस्तो दबाब दिएको हो । मोरङ प्रशासनले कोरोना महामारीको कारण देखाउँदै विद्यार्थी संगठनको आन्दोलन स्थगित गर्न दबाब दिएको विद्यार्थी नेताहरुले बताएका छन् । शुक्रबार दिउँसो ३ बजे नोबेल विरुद्धको कारबाही सम्बन्धमा अनौपचारिक छलफलका लागि मोरङ प्रशासनले विद्यार्थी संगठनहरुलाई बोलाएको थियो । छलफलमा प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले नोबेल विरुद्ध प्रहरी अनुसन्धानका लागि चिठी काट्ने लगायतका प्रक्रिया अघि बढिसकेको भन्दै विद्यार्थी संगठनको चरणबद्ध आन्दोलन स्थगित आग्रह गरेका थिए । तर, विद्यार्थीहरुले मानेनन् । विद्यार्थीहरुले असहमति जनाएपछि प्रमुख जिल्ला अधिकारीले पटकपटक उनीहरुलाई आन्दोलन स्थगित गर्न दबाब दिएको विद्यार्थी नेता कमल पोख्रेलले बताए । उनले भने, ‘हामीले कारबाही भएपछि मात्र आन्दोलन स्थगित गर्ने भनेका छौं ।’

गृह मन्त्रालयले भने बिहीबार मात्र चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएको मेडिकल कलेजका सञ्चालकलाई नियन्त्रणमा लिएर ठगी मुद्दा चलाउन मोरङ प्रशासनलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्