विराटनगर–१९ मा एक महिने ब्युटीसियन तालिम सुरु

<span class='c1'>विराटनगर–१९ मा एक महिने</span> <span class='c2'>ब्युटीसियन तालिम सुरु</span>

विराटनगर । विराटनगरमा आईतबारदेखि १ महिने ब्युटीसियन तालिम सुरु भएको छ ।

एकल तथा पिछडिएको महिलालाई लक्षित गर्दै आईतबारदेखि विराटनगर–१९ मा तालिम सुरु भएको हो । आईतबार वडा नं. १९ का वडाध्यक्ष बद्रीनारायण सरदारले तालिमको उद्घाटन गर्नुभयो । सिक्वीन ब्युटी पार्लरको आयोजनामा सुरु भएको एक महिने तालिममा वडा नं. १९ का १५ जना महिलाहरुले सहभागिता जनाएका छन् । उनीलाई ब्युटीसियन सम्बन्धी आधारभुत तालिम प्रदान गरिने आयोजक संस्थाकी सञ्चालक कला डाँगीले बताईन् । वडा नं. १९ मा छरिएर रहेका महिलाहरुलाई आत्मनिर्भर बनाउन तालिमको आयोजना गरिएको उनीले जानकारी दिईन् । उनीले भनिन्, ‘हामीले विगत ७ वर्षदेखि महिला पुनरुत्थानको बिषयलाई दृष्टिगत गर्दै तालिम प्रदान गर्दै आएका छौं । यस वडामा यस प्रकृतिको कार्यक्रम आयोजना गरिएको थिएन् । त्यसैले हामीले यस वडालाई लक्षित गरेका हौं ।’

सिक्वीनको आयोजनमा आईतबारदेखि सुरु भएको तालिमलाई विराटनगर महानगरपालिकाले आर्थिक सहयोग गरेको छ । तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई आयोजक संस्थाकी सञ्चालक डाँगी र बिना अधिकारीले प्रशिक्षण दिईरहेका छन् । तालिमको समापन पश्चात प्रशिक्षार्थीहरुलाई प्रमाण–पत्र र आवश्यकता अनुसार रोजगारी समेत प्रदान गरिने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्