राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ बाट खुल्लामा नेपाली कांग्रेसका गोपाल बस्नेत विजयी

राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ बाट खुल्लामा नेपाली कांग्रेसका गोपाल बस्नेत विजयी

विराटनगर । प्रदेश नं. १ बाट अन्यमा नेपाली कांग्रेसका गोपाल बस्नेत राष्ट्रियसभा सदस्य निर्वाचित भएका छन् ।

बुधबार भएको मतगणनामा नेकपा एमालेका गुरु बरालले समान मत ल्याउँदा भएको गोलाप्रथामा उनलाई पराजित गर्दै बस्नेत राष्ट्रियसभा सदस्य निर्वाचित भएका हुन् । बुधबार भएको मतदानमा नेपाली कांग्रेसका बस्नेत र नेकपा एमालेका गुरु बरालले बराबरी मत प्राप्त गरेका थिए । बस्नेतले ५० जना प्रदेशसभा सदस्य र ११६ जना स्थानीय तहका जनप्रतिनिधी गरि १६६ जनाको मत प्राप्त गरेका थिए । त्यही एमाले नेता बरालले ३८ जना प्रदेशसभा सदस्य र १४८ जना स्थानीय तहका जनप्रतिनिधी गरि १८६ जनाको मत प्राप्त गरेका थिए । दुवै उम्मेदवारको मतभार ४४८८ भएको थियो ।

दुवै उम्मेदवारले समान मतभार प्राप्त गर्दा भएको गोलाप्रथामा एमाले नेता बराललाई पराजित गर्दै कांग्रेसका बस्नेत राष्ट्रियसभा सदस्य निर्वाचित भएका हुन् । मतपरिणाम अनुसार राप्रपाका अमरबहादुर थापाले प्रदेशमा २ र स्थानीय तहमा ४ मत प्राप्त गरेका छन् । जसको मतभार १६८ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्