विराटनगरको मेरिल्याण्ड कलेज बिबिएस तेस्रो बर्षको रिजल्टमा नेपाल प्रथम

<span class='c1'>विराटनगरको मेरिल्याण्ड कलेज बिबिएस तेस्रो</span> <span class='c2'>बर्षको रिजल्टमा नेपाल प्रथम</span>

विराटनगर । विराटनगरस्थित मेरिल्याण्ड कलेजकी छात्रा सिम्रन अग्रवाल त्रिभुवन विश्वविद्यालयको बिबिएस तेश्रो बर्षको परीक्षामा सर्वाधिक ८२.८ प्रतिशत अङ्क सहित नेपाल प्रथम भएकी छन् ।

मेरिल्याण्डबाट ९७ जना विद्यार्थी सहभागी भएको परीक्षामा ३ जना डिस्टिङ्सन र २२ जना प्रथम श्रेणी सहित उत्कृष्ट नतिजा ल्याउन सफल भएको मेरिल्याण्डका प्रधानाध्यापक लक्ष्मण ढकालले बताए । रंगेली निवासी सिम्रन अग्रवाल अत्यन्त मेहनती, तथा सरल र शिष्ट व्यवहारको भएको विद्यार्थीहरु मध्ये एक रहेको उनले जानकारी दिए । मेरिल्याण्ड कलेजकी छात्रा सिम्रनले २०७५ सालमा पनि बिबिएस प्रथम बर्षको परीक्षामा प्रदेश प्रथम भएकी थिईन् । यस्तै मेरिल्याण्डका छात्र किन्जल पोख्रेलले त्रि.वि को ४ बर्षको परीक्षामा २०६९ सालमा नेपाल प्रथम भई तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईबाट गोल्ड मेडल प्राप्त गरेका थिए । मेरिल्याण्डले भने व्यवस्थापनमा प्लस टु तर्फको परिणाममा देशभरिमा उत्कृष्ट नतिजा ल्याउन सफल हुँदै आएको छ । मेरिल्याण्ड कलेज देशकै व्यवस्थापन शिक्षामा अग्रणी शैक्षिक संस्थामा मानिदै आएको छ ।

कलेजमा अध्ययनरत विद्यार्थी नेपाल टप भएपछि कलेजका सम्पुर्ण विद्यार्थी, शिक्षक, अभिभावक, कर्मचारी तथा शुभचिन्तकहरुप्रति प्रधानाध्यापक ढकालले धन्यवाद प्रटक गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्