विराटनगर । नोबेल मेडिकल कलेज एण्ड शिक्षण अस्पताल विराटनगरले बिर्तामोड नगरपालिका–१० स्थित सहयोगी समाजलाई एम्बुलेन्स उपलब्ध गराएको छ । अस्पतालका निर्देशक डा.सुनिल शर्माको प्रतिनिधित्व गर्दै अस्पताल प्रवन्धक नारायण दाहालले शनिबार एम्बुलेन्स हस्तान्तरण गर्नु भएको हो ।
स्थानीयको आवश्यकता हेरेर अस्पतालले एम्बुलेन्स उपलब्ध गराएको प्रवन्धक दाहालले जानकारी दिनुभयो । संस्थालाई सहयोगस्वरुप उपलब्ध गराइएको एम्बुलेन्सबाट स्थानीयले राहत पाउने भएका छन् ।