विराटनगर जुनियर जेसिजको अध्यक्षमा न्यौपाने निर्विरोध

<span class='c1'>विराटनगर जुनियर जेसिजको</span> <span class='c2'>अध्यक्षमा न्यौपाने निर्विरोध</span>

विराटनगर । विराटनगर जुनियर जेसिजको अध्यक्षमा विकल्प न्यौपाने निर्विरोध निर्वाचित भएका छन् ।

विराटनगर जेसिजको सभाहलमा आईतबार सम्पन्न निर्वाचन प्रक्रियाबाट न्यौपाने जुनियर जेसिजको २७ औं अध्यक्षका रुपमा निर्वाचित भएका हुन । प्रक्रियाबाट तालिम संयोजकमा गौरव कर्ण, कार्यकारिणी उपाध्यक्षमा हेनारीका ढकाल र अमन मण्डल तथा उपाध्यक्षमा शिल्पा सुवेदी, विनिता राई र आयुष खतिवडा निर्वाचित भएका छन् । जुनियर जेसिजको जनसम्पर्क अधिकारीमा भने विधान क्षेत्री निर्विरोध भएका छन् ।

नव–निर्वाचित अध्यक्षले जेसिजको कानुनी सल्लाहकारमा मातृका भण्डारी, महासचिवमा आयुशा खतिवडा, कोषाध्यक्षमा प्रिन्स पौडेल र सह–सचिवमा दिया बानियालाइ मनोनित गरेका छन् । जुनियर जेसिजको अप्वाइन्टिजहरुमा भने सरु पराजुली, संरक्षण भट्टराई, विवेक राजवंशी र सन्चिता श्रेष्ठ रहेका छन् ।

कार्यक्रममा बोल्दै वर्ष २०२१ की अध्यक्ष जिना शर्माले हालसम्म अधुरा रहेका कामहरुलाई नयाँ कार्यसमितिले पुर्णता दिने विश्वास व्यक्त गरिन् । उनीले नव–निर्वाचित बोर्डलाई शुभकामना दिदैँ सफल कार्यकालको शुभकामना दिईन् । जुनियर जेसिजका संस्थापक अध्यक्ष सन्देश दास श्रेष्ठले लामो यात्रा तय गरेको जुनियर जेसिजलार्ई नयाँ उचाइ दिन नव–निर्वाचित अध्यक्ष सक्षम रहेको बिषयमा स्वयंम विश्वस्त रहेको जिकिर गरे ।

आईतबार सम्पन्न कार्यक्रममा भने विराटनगर जेसिजका अध्यक्ष देवचन्द्र घिमिरे, कार्यकारिणी उपाध्यक्ष अभिनाश थापा, उपाध्यक्ष मिलाप कर्ण, विराटनगर जेसिजका पुर्व अध्यक्ष टिपी आचार्य, उज्वल खरेल, जुनियर जेसिजका पुर्व अध्यक्ष रमित श्रेष्ठ, सनराइज चौधरी, प्रितेशराज दाहाल र पञ्कज सापकोटा लगायतको उपस्थित रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्