नाकाबन्दी र मधेशी मोर्चाको आन्दोलनका कारण खानेपानी आयोजना ठप्प

<span class='c1'>नाकाबन्दी र मधेशी मोर्चाको आन्दोलनका</span> <span class='c2'>कारण खानेपानी आयोजना ठप्प</span>

 

धरान,  १९ मंसिर : भारतले गरेको नाकाबन्दी र लामो समयदेखि भएको तराई केन्द्रित आन्दोलन कारण उपकरणसंगै तेल अभाव भएपछि धरानमा सञ्चालित खानेपानी आयोजनाको काम समेत रोकिएको छ । भारतको नाकाबन्दी र तराईको लामो बन्दका भारतबाट तेल र सामाग्री ढुवानी गर्न नसक्दा एसियाली विकास बैंक (एडिबी) को ऋण अनुदानमा सञ्चालन भइरहेको धरानको खानेपानी आयोजना प्रभावित बनेको हो ।
सहरी विकास आयोजना अन्तर्गत रहेको यो आयोजना धरान उपमहानगरपालिकाको व्यवस्थापन र एडिवीको ऋण अनुदानमा सन् सन् २०१७ को जुनसम्म सक्नु पर्ने खानेपानी आयोजनाको एक प्रतिशत पनि काम हुन नसकेको आयोजनका व्यवस्थापक इन्जिनियर राजु पोख्रेलको भनाई छ । इन्धन अभावले गर्दा अहिले रिजर्भ वायर तथा पाइपलाइन बिछ्याउने कार्य हुन नसकेको उहाको भनाई छ । उहाले नाकाबन्दी र मधेशी मोर्चाको आन्दोलन अझै लम्बिने हो भने यो आयोजनाको काम तोकिएकै समयमा सम्पन्न गर्न गाहाे हुने उहाको भनाई छ ।
एसियाली विकास बैंक (एडिवी) को ऋण अनुदानमा सञ्चालन भइरहेको यो आयोजना ठेक्का पाएको कम्पनी तियान्जिन तुदीले सन् २०१७ को जुलाइ सम्म पूरा गर्नु पर्ने सम्झौतामा उल्लेख छ । २ अर्ब २५ करोड अनुमान गरिको यस प्रोजेक्ट तराई बन्द र मधेश आन्दोलनका कारण लागत बढ्ने निर्माण कम्पनीको भनाई छ ।बन्द र आन्दोलनका कारण सामग्री ल्याउन कठिनाई भएपछि बजारमा निर्माणको लागि चाहिने छट, सिमेन्टलगायतका सामग्री नपाएपछि काम गर्न नै नसकिएको ठेकेदार तियाञ्जिन तुदी कम्पनीका आधिकारित प्रतिनिधि निर्माण गौलीको भनाई छ ।
बर्षेनी सुख्खा मौसमको समयमा धरानेहरुले भोग्दै आएको खानेपानी समस्यालाई समाधान गर्ने भनेर नेपाल सरकार र एडिवी ५० प्रतिशत अनुदान, ३५ प्रतिशत ऋण र धरान उपमहानगरको १५ प्रतिशतको लगानीमा निर्माण सम्पन्न गर्न लागिएको यो आयोजना समेत ढिलो भएपछि धरानेहरुले अपेक्षा गरेको दीर्घकालीन खानेपानीको समस्या समाधान नहुनेमा सर्वसाधाण चिन्ता व्यक्त गर्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्