मोरङमा गम्भीर प्रकृतिका ऋङ्खलाबद्ध घटनाको चाङ, सुरक्षा व्यवस्थालाई कडा चुनौती

<span class='c1'>मोरङमा गम्भीर प्रकृतिका ऋङ्खलाबद्ध घटनाको</span> <span class='c2'>चाङ, सुरक्षा व्यवस्थालाई कडा चुनौती</span>

विराटनगर । माघ महिनाको सुरुवातसँगै मोरङमा पछिल्लो समय ऋङ्खलाबद्ध रुपमा कर्तव्य ज्यान तथा बलात्कारका घटनाहरु बढेका छन् ।

पछिल्लो १६ दिनको अवधिमा मोरङमा कर्तव्य ज्यान र बलात्कारका घटनाको ग्राफ ह्वात्तै उकालो लागेको हो । यी घटनाले मोरङ प्रहरीलाई चुनौती थप्नुका साथै जिल्लाको शान्ति सुरक्षाको अवस्था कस्तो छ भन्ने बारे स्पष्ट पारेको छ । प्रहरीको कडा सुरक्षा व्यवस्थाका बाबजुद ऋङ्खलाबद्ध रुपमा यस्ता घटनाहरु घटनुले आम सर्वसाधारणमा त्रासको वातावरण सिर्जना हुँदै गएको छ । मोरङमा पछिल्लो १६ दिनको अवधिमा घटेका केही प्रमुख घटनाहरु आज हामीले यहाँ प्रस्तुत गरेका छौं ।

घटना १ : उखुबारीमा दुईजना पुरुषको शव खाडलमा
मोरङको धनपालथान–७ बोर्डिङटोल स्थित उखुबारीमा हत्या गरेपछि खाडल खनेर गाढेको अवस्थामा दुई जना पुरुषको शव गत बुधबार र बिहीबार भेटिएको थियो ।

उखु काट्ने क्रममा किसानले खनेर पुरेको अवस्थामा खाल्डो देखेपछि खन्दा बुधबार र बिहीबार दुईवटा शव फेला परेका थिए । प्रहरीले ५ र ७ फिटको खाल्डो खनेर निकालेको शवको पहिचान भईसकेको छ । स्थानीय गंगाप्रसाद र बरजंगी सिंहको उखुबारीमा बुधबार फेला परेको शव सप्तरीका शम्भूनाथ नगरपालिका–४ का ३२ वर्षीय सम्भू चौधरी र बिहीबार फेला परेको शव धरान–३ का ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको भएको खुलिसकेको छ ।

घटनास्थल बस्तीबाट करिब ५ सय मिटर टाढा पर्छ । एकान्त र उखुबारीको बीचमा भएका कारणले हत्याराले शव गाड्न सहजै सो स्थान प्रयोग गरेको प्रहरीको निष्कर्ष छ । धरान–३ घर भई भक्तपुर बस्दै आएका मृतक श्रेष्ठ र सप्तरी घर भई काठमाण्डौं क्षेत्रपाटी बस्दै आएका चौधरी एकअर्कामा चिनजान भएका व्यक्ति रहेको पारिवारिक स्रोतले दिएको बयानका आधारमा खुलेको छ ।

मोरङका एसपी जर्नादन जिसीका अनुसार दुवै शवको प्रकृति हेर्दा हत्या गरेर गाडिएको देखिन्छ । तर हत्या कसले र किन गर्यो भन्नेबारे प्रहरी निष्कर्षउन्मुख हुनसकेको छैन ।

घटना २ : घरबाट हराएको १२ दिनपछि बाबुराम भट्टराईको शव जङ्गगलमा फेला
मोरङको केराबारी गाउँपालिका–८ का २६ वर्षीय बाबुराम भट्टराई हराएको १२ दिनपछि मृत भेटिए ।

उनको शव गत आइतबार चारकोशे जंगलमा सडेको अवस्थामा फेला परेको थियो । खोर्साने केराबारी सडकको आमजुंगी विश्वकर्मा मन्दिरदेखि झण्डै २ किलिमिटर पूर्व देवीझोडा जाने भित्रि सडकदेखि १ किलोमिटर उत्तर चारकोशे जंगलभित्र ढलेको रुखको जराभित्र लुकाई राखेको अवस्थामा शव फेला परेको मोरङ प्रहरीले जनाएको छ । भट्टराई गत पौष २७ गतेदेखि हराईरहेका थिए ।

केराबारी भोगटेनी रामपुर चल्ने सार्वजनिक बसमा सहचालक रहेका भट्टराई मच्छिन्द्र मेला लागिरहेको समयमा पुस २८ गते बेलुकादेखि हराएका थिए । उनी सम्पर्कमा नआएपछि हुलियासहित हराएको उजुरी बेलबारी प्रहरीमा मृतकका दाजु भुपेन्द्र भट्टराइले दिएका थिए ।
गाईवस्तु चराउन गएका केराबारी–८ का रामबहादुर खत्री र मनोरथ कोइरालाले दुर्गन्ध आएपछि हेर्न जाँदा कुहिएको अवस्थामा रुखको जराभित्र लुकाई राखेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शवको प्रकृति हेर्दा उनको हत्या गरी फालिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीले जनाएको छ । तर, हत्या कसले गरो भन्ने अझैसम्म यकिन हुनसकेको छैन ।

घटना ३ : मोरङको बेलबारीमा आफ्नै छोराले बुबाको घाँटी थिचेर हत्या गरेपछि
मोरङको बेलवारी नगरपालिका–९ डाँगा बजारका ३५ बर्षीय जय बहादुर खत्रीलाई आफनै बुबाको हत्या गरेको अभियोगमा मोरङ प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

गत बुधवार राती १०ः३० बजेको समयमा खत्रीले आफ्नै बुबा ८० बर्षीय दल बहादुर खत्रीको घाँटी थिचेर हत्या गरेको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले खत्रीलाई पक्राउ गरेको थियो । मादक पदार्थ सेवन गरेर आएका खत्रीले घरायशी बिषयमा बुबासंग वादविवाद गरेको आवेगमा घाँटी थिच्दा दल बहादुरको घटनास्थलमा नै मृत्यु भएको थियो । यसरी हत्याको आरोपमा पक्राउ परेका खत्रीको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

घटना ४ : मादक पदार्थ सेवन गरी लेनदेनको विवाद, साथीको हत्या गरी पानीमा शव
मोरङको कटहरीमा राजमिस्त्रीको काम गर्दै आएका साथीले आफ्नै साथीको हत्या गरेका छन् ।

कटहरी–३ का ३८ वर्षीय शेखर राजवंशीले संगै राजमिस्त्रीको काम गर्ने जहदा गांउँपालिका ३ का ४० बर्षीय अशोक ऋषिदेवको दुई जना मिलेर हत्या गरेको खुलेको छ । ढुङ्गाले हानेर हत्या गरेपछि घटना मोडने उद्देश्यले अशोकलाई पानीमा डुबेर मरेको देखाउन शवसहित साइकल कटहरी ३ स्थित रिङ्गरोडको नहरमा फालिदिएका थिए ।

ऋषिदेवको हत्या उनीसँगै राजमिस्त्री काम गर्ने शेखर र अर्का एक जना फरार भएका व्यक्तिले मिलेर हत्या गरेको मोरङ प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा राजवंशी पक्राउ परिसकेका छन् भने अर्का एक जना फरार छन् ।

गत शनिबार राती काम सकिएपछि उनीहरु कटहरीको एक भट्टी पसलमा गएर मदिरा सेवन गरेका थिए । ‘भट्टी पसलबाट निस्किएपछि सामान्य विषयलाई लिएर विवाद भएको प्रहरीको अनुन्धानबाट खुलेको छ । त्यही विवाद हुँदा अशोकको हत्या गरेको खुलेको छ ।
हत्या गरेपछि अशोकको शव कटहरी –३ स्थित रिङ्गरोडको नहरमा फालिदिएका थिए ।

ऋषिदेवको मृत्यु भएपछि घटना लुकाउन राजवंशीले शव नहरमा फालेको अनुसन्धानबाट खुलेको मोरङ प्रहरीले जनाएको छ ।

हत्यापछि बाँसझ्याङमा बास
शनिबार राती अशोकको हत्या गरेपछि राजवंशी डरले घरमा नसुती बासझ्याङमा बसेको पाइएको छ । प्रहरीले समात्ने भयको कारणले घरमा नबसी उनी राती घरदेखि करिब २ किलोमिटर टाढा रहेको बाँसझ्याङमा बसेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीबाट खटिएको टोलीले पनि राजवंशीलाई आइतबार बिहानै बासझ्याङदेखि पक्राउ गरेको थियो ।

घटना ५ : आफ्नै श्रीमान्ले श्रीमतीलाई कुटपिट गरी हत्या गरेपछि
मोरङको पथरीशनिश्चरे नगरपालिका–२ का ३३ बर्षीय जय शर्मालाई श्रीमति कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । गत पौष ३० गते शर्माको कुटाईबाट घाईते भएकी १९ बर्षीया श्रीमती पुजा विकको मृत्यु भएको छ । घाईते विकलाई विराटनगरमा रहेको नोवेल हस्पिटलमा उपचारको लागि ल्याइएको थियो ।

निजको अस्पतालमा उपचार हुन नसकी घर लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न शर्मालाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिई थप अनुसन्धान अहिले भईरहेको छ ।

घटना ६ : १० बर्षिया बालिकालाई काँग्रेस नेताले जबरजस्ती बलात्कार गर्न खोजेपछि

गएको २ साताभित्र मोरङमा २ वटा गम्भिर प्रकृतिको बलात्कारको घटना बाहिरएको छ । एक १० बर्षीया बालिकालाई काग्रेस नेता र ३१ बर्षिया महिला माथी सामूहिक बलात्कारको घटना बाहिरिएको हो । नेपाली कांग्रेसका प्रदेश समिति सदस्य तथा बुढीगंगा गाँउपालीकाका नेता शिव कोइराला १० वर्षीय बालिकालाई जवरजस्ती करणी उद्योग गरेको आरोपमा पक्राउ परेका छन् ।

मोरङको बुढीगंगा गाउँपालिका २ टंकीसनवारी घर भएका कोइरालालाई माघ २ आईतबार मोरङ प्रहरीले बालिकालाई जवरजस्ती करणीको प्रयास गरेको आरोपमा पक्राउ गरेको हो ।

पक्राउ परेका कोइरालाले १० वर्षीय बालिकालाई टंकिसनवारीस्थित बाथरुममा पुष ३० गते शुक्रबार जवरजस्ती करणीको प्रयास गरेको आरोप छ । पीडितले दिएको जाहेरीको आधारमा कोइरालालाई नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ ।

बालिकालाई जवरजस्ती गरेपछि कोइराला फरार भएका थिए । उनलाई स्थानियले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । जिम्मा लगाउने क्रममा स्थानिय महिलाहरुले भने कोईरालालाई कुटपिट समेत गरेका थिए । कुटपिटबाट कोईरालाको टाउकोमा चोट समेत लागेको थियो । पीडितका आफन्तले मोरङ प्रहरीमा जाहेरी दिएपछि उनलाई नियन्त्रणमा लिएर अहिले अनुसन्धान भईरहेको छ । अनुन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार कोईरालाले मदाक पदार्थ सेवन गरेको आवेगमा घटना हुन पुगेर बयान दिएका छन् ।

काईरालाले यस अघि पनि सोही बालीका माथी बलात्कारको प्रयास गरेको आफन्तको भनाई छ ।

घटना ८ : होटलमा लगेर सामुहिक बलात्कार
बेलबारीकी ३१ बर्षिया एक महिलालाई सुन्दरहरैंचा नगरपालिका–५ बलियास्थित श्रेष्ठ होटेलमा सामुहिक बलात्कार भएको छ ।

सामुहिक बलारत्कारमा परेकी महिलाको अत्याधिक रत्तश्राप भएपछि ती महिलाको कोशी अस्पतालमा उपचार भएको छ । गत माघ ७ शुक्रबार बेलुका करिब साढे ५ बजे इटहरीबाट घर फर्कने क्रममा गछिया खोलाको पुल नजिकबाट घर पुर्‍याईदिन्छु भन्दै गाडीमा चढाएर उक्त होटलमा पुर्‍याई करणी गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा होटल सञ्चालक सहित ३ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैंचा–५ बलिया चौकका होटल सञ्चालक ३५ बर्षीय अर्जुन कुमार श्रेष्ठ, सोही स्थानका २५ बर्षीय सुरज श्रेष्ठ र झापा मेचीनगर नगरपालिका–३ का २५ बर्षीय राम बहादुर नेपाली भन्ने सुधान्सु दर्जी रहेका छन् ।

माघ ८ गते सो घटनाको जानकारी पाएको ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले तत्काल होटल संचालक अर्जुन कुमार श्रेष्ठ र सुरज श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो । तत्काल सो घटना घटाई फरार रहेका राम बहादुर नेपाली भन्ने सुधान्सु दर्जी भने माघ ११ गते ईलामको सुर्योदय नगरपालिका–१२ तिनघरेमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको छ । उनलाई १ नं. प्रदेश प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका तिनै जना उपर जबरजस्ती करणी मुद्दामा कानुनी कारबाही अगाडी बढाईएको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका मध्ये राम बहादुर नेपाली भने ती महिलाको ब्वाईफ्रेण्ड रहेको अनुसन्धानको क्रममा खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्