अधिकारी र भण्डारी पुरस्कृत

<span class='c1'>अधिकारी र</span> <span class='c2'>भण्डारी पुरस्कृत</span>

विराटनगर । नेकपा (एमाले)का नेता भानुभक्त ढकालले स्थानीय तह निर्वाचनको मिति तत्काल तोक्नुपर्ने माग गर्नु भएको छ ।

एमालेका पत्रकारको संगठन प्रेस चौतारीको २४ औं स्थापना दिवसमा मोरङमा आयोजित कार्यक्रममा बोल्दै नेता ढकालले वैशाखभित्र निर्वाचन गर्नुपर्ने बताउनु भएको हो ।

स्थानीय तहको निर्वाचित जनप्रतिनिधिको पदावधि जेठ ५ गते सकिने बताउँदै वैशाखभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने ढकालको भनाई थियो । यसैबीच, प्रेस चौतारीको स्थापना दिवसको अवसरमा मोरङ शाखाले कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार नेत्र पि अधिकारी र घनश्याम भण्डारीलाई प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्