सिंघीया–केसलिया करिडोर निर्माण र मीरगंज पुल समस्याबारे मन्त्री कार्की र बिहारका उपमुख्यमन्त्रीबीच छलफल

<span class='c1'>सिंघीया–केसलिया करिडोर निर्माण र मीरगंज पुल समस्याबारे</span> <span class='c2'>मन्त्री कार्की र बिहारका उपमुख्यमन्त्रीबीच छलफल</span>

विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की र भारत बिहार सरकारका उपमुख्यमन्त्री तारकेश्वर प्रसादबीच भेटघाट तथा छलफल भएको छ । नेपाल भ्रमणमा रहनु भएका उपमुख्यमन्त्री प्रसाद र मन्त्री कार्कीबीच काठमाण्डौंमा शुक्रबार भेटघाट तथा छलफल भएको हो ।

त्यस क्रममा विराटनगरको सिंघीया–केसलिया करिडोर र भारतको मीरगंज पुल समस्या समाधानको विषयमा छलफल भएको थियो । प्रदेश राजधानी विराटनगर हुँदै बग्ने दुई प्रमुख नदी सिंघिया र केशलियाको बिहारसम्मको क्षेत्रमा तटबन्धनसहितको करिडोर निर्माणको विषयमा छलफल भएको हो ।
भेटमा मन्त्री कार्कीले हालै भारतको बथनाहामा अवस्थित मीरगंज पुलमा भएको क्षतिका कारण यसक्षेत्रका उद्योगी व्यवसायीले असजिलो भोग्नु परेको भन्दै तत्काल नयाँ पुल सञ्चालनको वातावरण बनाई दिन अनुरोध गर्नु भएको थियो । मन्त्री कार्की हरेक वर्ष पुल भास्सिने र ठूला मालवाहक सवारी साधन आउजाउ गर्न नसक्दा व्यवसायीले ठूलो परिमाणमा विलम्ब शुल्क बुझाउनु पर्ने बाध्यता रहेको भन्दै समस्या समाधानका लागि निर्माणाधीन अर्को पक्की पुल अविलम्ब संचालन गरिनु पर्ने माग गर्नु भएको थियो ।

मन्त्री कार्कीले नेपाल र भारतका नागरिकबीच सदियौंदेखि भाईचारा सम्बन्ध रहेको र नदीजन्य विपत्तीका कारण दुबैतर्फ उत्तिकै कठिनाई हुने गरेको बताउँदै विराटनगर भएर बिहारतर्फ बग्ने सिंघीया र केसलिया नदीमा आउने बाढीले बिहारतर्फका जनतालाई समेत दुःख हुने भएकोले व्यवस्थित तटबन्धनसहितको करिडोर निर्माण गर्नुपर्नेमा जोड दिए । सिमापार अपराध र लागूऔषधले उत्पन्न समस्याको विषयमा समेत दुबैतर्फका राज्य सरकार मिलेर काम गर्न सकिने स्मरण गराउनु भएको थियो ।

त्यस अवसरमा बिहार सरकारका उपमुख्यमन्त्री तारकेश्वर प्रसादले प्रदेश नम्बर एक सरकारसँग मिलेर आफूहरुले धेरै काम गर्न सक्ने र दुबैतिरका नागरिकको हितमा यो अपरिहार्य भएको बताउनु भएको थियो । समस्या समाधानका लागि थप औपचारिक रुपमा दुई सरकारबीच छलफल गर्नका लागि मन्त्री कार्कीलाई पटना भ्रमणमा आउन निमन्त्रणा गरिएको छ । उपमुख्यमन्त्री प्रसादले प्रदेश १ मात्र नभएर सम्पूर्ण नेपाली नागरिकसँग उत्तिकै सुमधुर सम्बन्ध रहेकोले विकासमा बिहार सरकारले मद्दत गर्ने बताउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्