विराटनगर । एमाले निकट अनेरास्ववियु र राष्ट्रिय यूवा संघ नेपाल महानगर कमिटीले शनिबार साँझ विराटनगरमा मसाल जुलुस प्रदर्शन गरेको छ ।
स्थानीय तहको निर्वाचन माग गर्दै अनेरास्ववियु र युवा संघले मसाल जुलुस प्रदर्शन गरेका हुन् । विराटनगरमा निकालिएको मसाल जुलुस सहित विद्यार्थी तथा यूवाहरुलेले नगरका विभिन्न भागमा प्रर्दशन गरेका थिए । मसाल जुलुस ट्राफिक चोकमा आएर कोणसभामा परिणत भएको थियो । स्थानीय तहको निर्वाचन नगर्ने सत्ता गठबन्धन सरकारको चलखेल विरुद्ध अनेरास्ववियु र यूवा संघले विराटनगरमा मसाल जुलुस सहित प्रदर्शन गरेको हो ।
अनेरास्ववियुले अविलम्व स्थानीय तहको निर्वाचन मिति घोषणाको माग गर्दै निरन्तर रुपमा दवाव मुलक कार्यक्रम गर्दै आएको उपमहासचिव भाष्कर खनालले बताउनुभयो । उहाँले आन्दोलन निरन्तर रुपमा जारी रहने बताउनुभयो । उहाँले गठबन्धन सरकारका नकारात्मक कामको निरन्तर विरोध गरिने बताउनुभयो । अनेरास्ववियुले प्रदेश १ सरकारले मन्त्रालय विस्तार गर्ने निर्णय, मूल्यबृद्धि, सरकारी असंवैधानिक अभिव्यक्तिको विरोध गर्दै आएको छ ।
आज साझ निकालिएको मसाल जुुलसमा करिव ३ सय यूवा, विद्यार्थीको सहभागिता रहेको यूवा संघका नेता प्रतिक ढकालले बताउनुभयो । कोणसभालाई अनेरास्ववियु उपमहासचिव भाष्कर खनाल, यूवा संघ नेपालका कोषाध्यक्ष मुकेश बुढाथोकी लगायतका विद्यार्थी नेताहरुले संवोधन गरेका थिए ।
अनेरास्ववियुले यसअघि विराटनगरमा सडक बहस, सडक पत्रकार सम्मेलन, प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कालो झण्डा देखाउने लगायतका कार्यक्रम गरेको थियो ।